English

हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : प्रहरी महानिरीक्षक क्षेत्री



चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ ।

कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ ।

यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । न्युज कारखानाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग फौजी दसैंबारे कुराकानी गरेको छ ।

शैलेश थापा क्षेत्री (प्रहरी महानिरीक्षक-आईजीपी)

मेरो त्यस्तो विशेष योजना केही छैन । पुलिसको अफ ड्युटी हुँदैन । मातहतसँग अल द टाइम जोडिनुपर्छ । त्यसकारण व्यक्तिगत दसैं हुँदैन । विदाको दिन पनि जागिर खाने हो । मेरो घर उपत्यकामै भएकाले एकछिन समय निकालेर आम नागरिकजस्तै टीका लगाउँछु ।

बुवाआमा हुनुहुन्छ । उहाँहरुबाटै टिका लगाउँछु । पारिवारिक घुमघाम र अध्ययनका लागि मैले फुर्सद नै पाउँदिन । फोन उठाउन त भ्याउँदिन । देशभरीको सुरक्षाको कुरा हुन्छ । यसमै केन्द्रीत हुने हो । ब्यारेकभित्र आ-आफ्नो युनिटले, आ-आफ्नो शैलीमा शान्ति सुरक्षाको बहाली राख्दै एकप्रकारको परम्परागत अभ्यासमा मनाउने हुन्छ । सेक्युरिटीलाई कम्प्रमाइज गरेर दसैं मान्ने पुलिसको हुँदैन ।

सुरक्षामै कन्सर्न हुने, दशैँमा ठूला घटना नघटुन भन्ने नै फस्ट प्राइरियोटी हो । आम पब्लिकले ढुक्कसँग मनाउन पाउने वातावरण बनाउन सकियो भने मेरो लागि, सिंगो संगठनका लागि दसैं त्यहीँ हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले