English

कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’को चितवनमा अन्तरक्रिया कार्यक्रम



लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’ माथि चितवनमा अन्त्रक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवन साहित्य परिषद् भवन नारायणगढमा भएको कार्यक्रममा उदय अधिकारी र लक्ष्मी बरालले पुस्तकमाथि बोलेका थिए ।

अधिकारी र बरालले सहज र सरल भाषा, शैलीमा लेखिएको पुस्तकले पाठकको मन सहजै तान्न सक्ने बताए । भने, ‘युवा पुस्ता लक्षित पुस्तक निकै रोचक छ । यसले नेपाली साहित्यमा पाठक बढाउने काम गर्नेछ । लेखकले थुप्रै पाठक कमाउने छन् । पुस्तकले लेखकलाई दोस्रो पुस्ताको एक नम्बर लेखक बनाउने सम्भावना पनि देखिएको छ ।’

कविडाडा साहित्य समाजका अद्क्ष्य एल.बी.क्षेत्रीले पुस्तकमा यौनभन्दा धेरै सम्बन्धको कुरा भएकोले यो युवासँगै हरेक उमेर समूहका पाठकका लागि प्रेम र जीवन अनि सम्बन्ध बुझ्ने राम्रो पुस्तक भएको बताए ।

चितवन साहित्य परिषद्का अद्क्ष्य सुरेन्द्र असफलले पुस्तकले प्रेम, प्रकृति र समाजलाई राम्रोसँग प्रस्तुत गरेको बताए । भने, ‘युवाका लागि पुस्तक एउटा मार्ग दर्शन हुनसक्छ ।’

लेखक आचार्यले पुस्तकको एक अंश सुनाउदै भने, ‘आँखाबाट झरेको आशु र रातमा बिथोलिएको निद्रा, जसले भोग्छ उसले नै बुझ्छ । ब्लु डायरीभित्र रहेको जीवनको कथा पनि त्यस्तै हो, जसले पढ्छ उसले नै जीवन बुझ्छ ।’

वक्ताहरुले प्रेम शारीरिक मात्र नभएर भावनात्मक पनि कति बलियो हुन्छ भन्ने कुरा पुस्तकले बुझाउने बताए । बिएन पुस्तकले बजारमा ल्याएको पुस्तकको मुल्य ३५० रुपैया रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र