English

आज घटस्थापना– यसरी राख्नुहोस् जमरा, यस्तो छ जमराको महत्व ?



आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा बिजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

जमरा राख्ने यसको आफ्नै खास विधि, मन्त्र रहेको छ । दशैंका लागि जमरा राख्दा जौको बिउ अनिवार्य राख्नु पर्ने हुन्छ । यसका बाहेक आफ्नो संस्कृति अनुसार धान, माकै, गहुँको बिउ पनि प्रयोग गर्न सकिन्छ । जमराको राख्ने स्थानमा कलशमा दियो बालेर पूजा गरिन्छ । जुन दियोमा विभिन्न देवीहरुको नाम लिएर पूजाआजा गरिन्छ । यसरी राखिएको जमरामा दिनदिनै जल अर्पण गरी पूजा गरिन्छ ।

यसरी उमारिएको जमरा दशमीका दिन टीका लगाउँदा जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेकोे जमरा टीका थाप्नेको टोपी भित्र, टाउकोमा कपालभित्र वा कानमा आशिर्वाद दिँदै राखिन्छ । जमरामा प्राकृतिक विभिन्न गुण हुने र यसका साथै नौ दिन पूजा गरिएकाले यो नौदेवीको पूजाको प्रसादको रुपमा पनि प्रयोग गरिन्छ । जमराको रंग पहेलो हुन्छ, पहेलो रंग शक्ति र शान्तिको प्रतिक मानिन्छ ।

कसरी राख्ने जमरा

– जमरा उमार्नका लागि शुद्ध र अध्यारो ठाउँको बनाउनुहोस् ।
– जौ, गहुँ, धान, माकैको बिउ लिनुहोस् ।
– सबैभन्दा पहिला जौंको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् ।
– अब कुनै गमला वा टपरीमा थोरै माटो राख्नुहोस् ।
– टपरी वा गमलामा तपाईँले छनौट गर्नु भएको बिउ राख्नुहोस् ।
– टपारी वा गमलालाई अध्याँरो कोठामा राख्नुहोस् ।
– हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन ।

(विष्णुप्रसाद पोखरेलसँग गरिएको कुराकानीमा आधारित, उनी वेद विद्याश्रमका प्राचार्य हुन्)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested