English

प्रवासको वेदनामा आधारित ‘मुटुको टुक्रा’ सार्वजनिक



गायिका देवी घर्ती मगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक भएको छ। ज्योति गुरुङले शब्द सिर्जना गरेको गीतमा सुरज लामिछानेको सङ्गीत र एरेन्ज गरेका छन्।

गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरूप म्युजिक भिडियो प्रस्तुत गरेकी हुन् । भिडियोमा ज्योति स्वयमले नै अभिनय गरेकी छिन् । गीतमा बाध्यात्मक परिस्थितिले बिदेसिनुको पीडा र भोगाइलाई प्रस्तुत गरिएको छ ।

गीतको म्युजिक भिडियोमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अनिष्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय रहेको छ ।

बेलायत बसेर भिडियो निर्माणमा सक्रिय कुशल श्रेष्ठको निर्देशनमा यो म्युजिक भिडियो निर्माण गरिएको हो । उक्त म्युजिक भिडियोको छायाङ्कन, सम्पादन, परिकल्पना र निर्देशक श्रेष्ठ स्वयंले नै गरेका छन् । भिडियोलाई नवीन निरौलाले कलरिङ र दीपिका श्रेष्ठले मेकअप गरेकी छिन् ।

म्युजिक भिडियो हेर्नुहोला




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested