English

विश्व चिनाउने साताका २० तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२०. कोरोनाभाइरसको फैलावटबाट बच्न अनुहारको मास्क लगाएका महिलाहरु टोकियोको हमारिक्यु बगैंचामा डुल्दै ।
१९. खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा चरनका लागि लगिएका भेंडाको बथान । समुन्द्री सतहदेखि करिब तीन हजार तीन सय मिटर उचाइमा पर्ने पर्यटकीयस्थल मैयुङडाँडामा यतिबेला हजारौँ भेंडा, चौंरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।
१८. इन्द्र जात्राका अवसरमा जीवित देवी कुमारी झ्यालबाट अवलोकन गर्दै ।
१७. सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१, घाटगाउँस्थित बस्तीमा एक राउटेको परिवार । नेपालकै अति लोपोन्मुख र फिरन्ते जातिका रुपमा रहेको यो समुदायको संख्या हाल १४१ जना छ ।
१६. जर्मनीको मेचेर्निचमा सोमबर परम्परागत पम्पकिन फेस्टिभलमा खोक्रो फर्सीको डुंगामा सवार सहभागीहरु ।
१५. ईन्द्रजात्राको दिन आइतबार बसन्तपुरमा जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्राका क्रममा निकालिएको लाखे नाच ।
१४. भारतको हैदराबादमा आइतबार आयोजित गणेश उत्सवमा मुर्ति सेलाइदै ।
१३. चीनको राजधानी बेइजिङमा सोमबार आयोजित ११ औं बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा चलचित्र फ्ल्यासओभरका कलाकारहरु सामूहिक तस्बिरका लागि पोज दिदै ।
१२. पाकिस्तानको लाहोरमा आएको भिषण बाढी सडकमा आएपछि एकजना फलफूल व्यापारी गाढा धकेल्दै
११. गत असार १ र साउन १६ गतेको बाढीले बगुवा वेशीको हजारौँ रोपनी खेतीयोग्य जमिनमा लगाइएको चैते धान र मकै बाली नष्ट ।
१०. सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् ।
९. ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा आयोजित विशेष समारोहमा सहभागी गराइएको जीवित देवी कुमारी ।


८. ईन्द्रजात्राको अवसरमा काठमाडौँको ईन्द्रचोकमा प्रदर्शनीमा राखिएको आकाश भैरवलाई सिंगारपटार गर्दै गुठीयार ।
७. बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१स्थित बेगखोलामा बाढी आएपछि स्काभेटरको बकेटमा बसेर खोला तर्दै यात्रु ।


६. हाइटीका आप्रवासीहरु मेक्सिकोमा खाना र पानी पाउने आशमा रियो ग्राण्डी नदी पार गर्दै । उनीहरु टेक्ससको शहर डेल रियोलाई सिउड्याड अक्युनीआसँग जोड्ने पुलमुनी बसेका छन् । जहाँ केही दिन अघि त्यहाँका आप्रबासीहरुलाई अमेरिकी सुरक्षाकर्मीहरुले लखेटेको तस्बिरको निकै आलोचना भएको छ ।
५. भारतको हैदराबादमा आइतबार आयोजित गणेश उत्सवमा सहहभागीहरु ।
४. भियनतामको हानोइबाट मंगलबार देखिएको पूर्ण चन्द्रमा जसलाई हार्वेस्ट मून पनि भन्ने गरिन्छ ।
३. स्पेनको एल पासो नजिकको टापुमा सोमबार विस्फोट भएको विशाल ज्वालामुखी ।



२. टर्कीको क्यापाडोसियामा मंगलबार हट एयर बेलुन उडाइदै ।
१. अमेरिकी सेनाले लखेटेपछि हाइटियन आप्रवासीहरु रियो ग्राण्डी नदी पार गर्दै ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested