English

मिर्गौला रोग, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता सरकारको घोषणा



मिर्गौला रोग, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई सरकारले मासिक ५ हजार भक्ता दिने घोषणा गरेको छ । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता दिने घोषणा गरेका हुन् ।

यसअघि आमचुनावको मुखमा तत्कालिन शेरबहादुर देउवा सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भइ प्यारालाइसिस भएका बिरामीलाई मासिक उय५ हजार भक्ता दिने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्नका लागि अहिले देउवा नेतृत्वकै सरकारले बजेटमा समावेश गरेको हो ।

सरकारको तथ्य अनुसार करिव १ लाख बिरामीलाई मासिक भत्ता दिनुपर्ने छ । जसमा मासिक ५० करोड रुपैयाँ भत्तामा खर्च हुन्छ । यो सँगै सरकारले चालु आर्थिक वर्षको बजेटलाई समेत परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेटलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested