English

१८ महिनापछि थुनामुक्त भए गायक प्रकाश कटुवाल, जेल पर्नुको खासकारण के थियो ?



लोकदोहोरी गायक प्रकाश कटुवाल १८ महिनाको जेल जीवन बिताएर रिहा भएका छन् । जिल्ला अदालत तनहुँको फैसलाअनुसार १५ हजार जरिवाना र १८ महिना जेल सजाय भुक्तान गरी उनी बिहिबार थुनामुक्त भएका हुन् ।

१८ महिना अघि तनहुँस्थित डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका कटुवाललाई जिल्ला अदालत तनहुँले २०७६ फागुन ३० गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

केही दिन अघि अदालतले कटुवाललाई १८ महिना जेल सजाय र १५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । यद्यपि, पुर्पक्षमै कटुवालले १८ महिना जेल बसिसकेको र १५ हजार जरिवाना पनि तिरिसकेको हुँदा बिहिबार उनलाई थुनामुक्त गरिएको जिल्ला कारागार तनहुँका जेलर ऋषि सुवेदीले बताए । ‘फैसला केही दिन अघि भएको रहेछ,’ उनले भने, ‘हामीलाई हिजो निजलाई जेलमुक्त गरिदिनु भन्ने अदालतको आदेश आयो सोहीअनुसार बिहिबार साँझ साढेँ ५ बजे उहाँलाई छोडेका हौं ।’

जेलमुक्त भएसँगै कटुवालको प्रतिक्रिया

जेलमुक्त भएसँगै सामाजिक सञ्जाल फेसबुकमा कटुवालले लामो स्टाटस लेखेका छन् । उनले यस्तो लेखेका छन्:

‘सम्पुर्ण मेरा संगीत प्रेमी साथीभाई इष्टमित्र शुभचिन्तकहरुमा नमस्कार छ । लगभग १८ महिना तपाईहरूबाट टाढा हुन पुगें । कहिले गन्तव्य एकातिर बाटो अर्कोतिर चाहना एकातिर बाध्यता अर्कोतिर भैदिँदो रहेछ ।

मलाई त्यस्तै भैदियो त्यसैले म १८ महिनाको जेल जीवन पछि उही ढलेको गिलासलाई उठाएर पानी भर्ने कोसिसमा छु । सायद गिलास फुटेको भए म पानी भर्ने कोसिस पनि गर्न सक्दिन थिएँ, त्यसैले गिलास ढलेको हो फुटेको होइन ढलेको गिलासलाई जुनै बेला पनि उठाउन सकिन्छ । जहाज जतिनै माथि उडेपनी आखिर बस्नका लागि जमिन कै आवश्यकता पर्दछ आजबाट पुरै जेल मुक्त भएको छु ।

काठमाडौं आइपुगिसकेको छु । मेरो मोबाइल लक भएको कारणले कोहि साथीहरूसँग सम्पर्कमा आउन सकेको छैन । आज उहीँ पुरानै फोनको सिम लिएर सबैसँग सम्पर्कमा आउने बाचा गर्दछु । मेरो १८ महिने जेल जीवनको पुरै बिस्तृत विवरणका कथाहरूका नाली बेलि लिएर आउनेछु । यतिन्जेल तपाईहरुबाट टाढा हुने पुगेँ त्यसको लागि माफी माग्दै सदैव जसरी तपाईहरुको मायाको अपेक्षा गर्दछु धन्यवाद ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested