English

कम्प्लिट केयर नेपालद्वारा सानिमा बैंकका ग्राहकलाई स्वास्थ्य परीक्षणमा १० प्रतिशत छुट



कम्प्लिट केयर नेपालले सानिमा बैंकका ग्राहक सदस्यहरुको स्वास्थ्य परीक्षणमा १० प्रतिशतसम्म छुट दिने भएको छ । कम्प्लिट केयरले सानिमाको मोबाइल एप्लिकेसन अर्थात क्यु आर कोड प्रयोग गर्ने ग्राहकलाई उक्त छुट सुविधा दिएको हो ।

यस विषयमा कम्लिट केयर र बैंकबीच केही दिन अघि सम्झौता भएको हो । जसका लागि बैंकको तर्फबाट रिलेसनसिप म्यानेजर आरोग्य गुरागाईं र रिलेसनसिप अफिसर नीलम पौडेलले प्रस्ताव अघि सारेको कम्प्लिट केयरकी प्रबन्ध निर्देशक रत्ना महत बताउँछिन् ।

कम्प्लिट केयरले पछिल्लो समय घर–घरमै नर्सिङ केयर सेवा, फिजियोथेरापी डाक्टर सेवा, सम्पूर्ण प्याथोलोजी सेवा, हेल्थ प्याकेज, घरमै आएर रगतको नमुना संकलन गरी रिपोर्ट इमेल भाइबर, वाट्सएपमार्फत उपलब्ध गराउँदै आएको छ ।

अनलाइनमार्फन सेवा दिँदै आएको यस संस्थाले चिकित्सक परामर्श सेवा, पीसीआर परीक्षण, एन्टिबडी परीक्षण, घरमै आएर पीसीआरको नमुना संकलन लगायतका सुविधा दिएको प्रबन्ध निर्देशक महत बताउँछिन् । ‘अहिले कोरोना महामारीका कारण धेरैजसो मानिसहरु घरभित्रै हुनुहुन्छ, बाहिर निस्कन पनि जोखिम छ,’ उनले भनिन्, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले घर–घरमैै सेवा दिइरहेका छौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested