English

‘मेरो व्यङ्ग्य पचाउन नसकेर केही नेताले टिमबाटै निकाल्न आदेश दिएछन्’



नेपाल भाषामा ‘गाईजात्रा’लाई ‘साँपारु’ भनिन्छ । सडकमा गाई, गाईकै भेष अथवा विभिन्न मुखुण्डोसहितका झाँकी लगायत थुप्रै रौनक निकालेर यो पर्व मनाइन्छ । यसपाली भने कोरोना भाइरसका कारण भौतिक रूपमा हुने गाईजात्राको माहोल कमै देखिन्छ । ऐतिहासिक प्रमाणका अनुसार पुत्रशोकले विचलित भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्ययुगका राजा प्रताप मल्लले प्रत्येकको घरबाट गाईजात्रा निकाल्न आदेश दिएका थिए । त्यतिगर्दा पनि रानीको मन शान्त नभएपछि व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।

त्यसो त गाईजात्रामा नेपालका हास्यव्यंग्य क्षेत्रका कलाकारहरु निकै व्यस्त हुन्छन् । यद्यपि, महामारीका कारण विगत २ वर्ष यता भौतिक रुपमा गाईजात्राका कार्यक्रम हुन सकेका छैनन् । त्यसैले केही कलाकारले भर्चुअलमार्फत नै गाईजात्राका प्रस्तुति दिइरहेका छन् । तिनै कलाकारमध्येका एक हुन्– राजाराजेन्द्र पोखरेल । उनीसँगै हास्यव्यंग्य क्षेत्रका थुप्रै कलाकारले युट्युबमार्फत गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका छन् । यसैसन्दर्भमा केन्द्रित रहेर पोखरेलसँग मेरोलाइफस्टाइकर्मी सरिता थारूले गरेको कुराकानी :

तपाईंले गाईजात्रामा प्रस्तुति दिन थालेको कति भयो ?

२०६२ सालबाट हो । अहिले त १६ वर्ष भई सक्यो । त्यतिबेला राष्ट्रिय सभा गृह र बिआइसीसीमा गरी एकैपटक दुई ठाउँमा गाईजात्रा कार्यक्रम भएको थियो । म चाहिँ मनोज जगुरेल मामाको टिममा थिएँ । त्यति खेर मैले प्यारोडी गीत प्रस्तुत गरेको थिएँ । त्यो प्रस्तुतिलाई धेरैले माया गरिदिनुभएको थियो ।

गाईजात्रामा कस्ता विषयवस्तु राख्न रुचाउनुहुन्छ ?

महत्वपूर्ण र गम्भिर विषयवस्तु सरल भाषामा राख्न रुचाउँछु । ताकि सबैले सहजै बुझुन् । तल्लो देखि माथिल्लो तहसम्म यसको प्रभाव परोस् । यिनै विषयवस्तुमा रहेर प्रस्तुत गर्ने विषयवस्तु तयार पार्छु ।

तपाईंले प्रस्तुत गर्नुभएको विषयवस्तुले कसलाई बढी प्रभाव पर्छ जस्तो लाग्छ ?

मैले पस्किने विषयवस्तु प्राय राजनीतिक नै हुन्छ । अहिले नेपाल पनि राजनीतिक अस्थिरताले जकडिएको छ । त्यसैले मेरा हास्यव्यंग्यले १६ वर्षभन्दा माथि सबै उमेरसमूहलाई प्रभाव पार्छ ।

गाईजात्रामा कलाकारले दिने प्रस्तुतिले समाजलाई के–कसरी परिवर्तन गर्ला ?

हामीले दिने प्रसतुतिले समाजलाई भन्दा पनि समाज हाँक्ने अगुवाहरुलाई प्रभाव पर्छ । केही नेपालीको व्यक्तिगत रुपमा उचाई बढेपनि देशको गरिमा अझै बढ्न सकेको छैन । नेपालीहरु विश्वका जुनसुकै देशमा जाँदा पनि जुत्ता फुकालेर स्क्यान मेसिनमा छिर्नुपर्छ । यो भनेको देश बलियो नभएरै हो । यस्ता विषयवस्तूलाई हामीले हास्यव्यंग्यमा घुसाएर नेताहरुमाथि प्रहार गर्छौं । जसले उनीहरुलाई केही हदसम्म भएपनि घचघच्याउन मद्धत गर्छ जस्तो लाग्छ । हाम्रो व्यंग्यले आजको भोलि नै समाज परिवर्तन हुन्छ र कायापलट नै हुन्छ भन्ने पनि होइन । तर, ढिलो चाँडो यसले समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्छ नै ।

अहिले भर्चुअल माध्यमबाटै गाईजात्रे प्रस्तुति दिइरहनुभएको छ, भौतिक रुपमा र भर्चुअलमार्फत प्रस्तुति दिँदा के फरक हुँदो रहेछ ?

भौतिक रुपमा कार्यक्रम गर्दा सच्चिकै कार्यक्रम गरे जस्तो लाथ्यो । अहिले ख्याल–ख्यालको गरेको जस्तो लाग्छ । भर्चुअल माध्यममा मुरइ खाए जस्तो हुन्छ, खाँदा धेरै तर, पेट पुग्दा खाए जस्तो नलाग्ने । त्यही फरक पाएँ । तर, कोरोना महामारीका कारण गाईजात्राको कार्यक्रम गर्ने विकल्प नै यही थियो ।

गाईजात्रामा तपाईंले अहिलेसम्म दिएको प्रस्तुति मध्ये सम्झनलायक प्रस्तुति कुन हो ?

धेरै प्रस्तुति दिइसकेपछि एकदमै खल्लीबली हुदो रहेछ । २०६६ साल नेताहरुको ‘गोलमेच सम्मेलन’ मा मैले एउटा प्रस्तुति दिएको थिएँ । जुन दर्शकले एकदम मन पराउनु भएको थियो । त्यतिबेला थुप्रै नेताहरु हुनुहुन्थ्यो । मेरो व्यंग्य पचाउन नसकेर अधिकांश नेताले राजा राजेन्द्रलाई टिमबाटै निकाल्न आदेश दिएछन् । त्यसैले मेरो सम्झनलायक प्रस्तुति त्यही हो ।

तपाईंले त्यतिबेला कस्तो प्रस्तुति दिनुभएको थियो र ?

समसामयिक राजनीतिक विषयवस्तुमा नै केन्द्रित थियो । त्यसमा मोहन वैद्यको ‘फेरी जंगल जान्छौँ’ भन्ने थियो । यसमा केपी ओलीको डायलग ‘उहाँ जंगल त जानु हुन्छ, पशुपतिको जंगलमा गएर जडीबुटी भन्दै गाँजाभाङ खानु हुन्छ, उहाँ यसै पनि जडीबुटीमै रहर गर्ने वैद्य हो’ भन्ने थियो । साथै, अरु नेताहरुमाथि पनि व्यंग्य गरेको थिएँ । जो नेताहरुलाई पचेनछ ।

अन्त्यमा गाईजात्राको बारेमा तपाईले केही भन्नु छ ?

ठिकै छ, सुरुवाती चरणमा असिस्टेन्ट आर्टिस्टको रुपमा गाईजात्रामा प्रवेश गरेको थिएँ । त्यसैगरी भौतिक रुपमा गाईजात्राको कार्यक्रममा होस्टको काम पनि गरेँ । अहिले प्रस्तोताको हिसाबमा नै काम अगाडि बढाउँदै छु । समग्रमा गाईजात्रा हास्यव्यंग्यका कलाकारहरुका लागि एकै ठाउँमा जम्मा भएर वर्कसप गर्ने पर्व हो । भौतिक रुपमा ४०–५० कलाकार एउटै ठाउँमा जम्मा भएर अनुभव सटासाट गरिथ्यो । जुन अहिले हुन सकेन त्यसमा दुःख लागेको छ ।

यो पनि पढ्नुहोस्

गाईजात्रा : पोखरामा प्रचलित तायामचाः को सांस्कृतिक महत्व
गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’
यस्तो छ भक्तपुरमा मनाइने ‘साँपारु’को महिमा
किन मनाइन्छ गाईजात्रा ? यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested