English

पेभिलियन मिडिया ग्रुपअन्तर्गत ‘रेडियो क्यान्डिड’को नियमित प्रसारण सुरु



रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण सुरू भएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा २४ सै घण्टा प्रसारण हुनेछ ।

रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य लिएको छ । रेडियोको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु डट रेडियोक्यान्डिड डट नाममा पनि उपलब्ध छ ।

रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् । उनले भने, ‘आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोणका साथ ‘रेडियो क्यान्डिडले चाँडै एउटा नयाँ उचाइ लिनेछ ।’

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले हाल समाचार बुलेटिनहरू प्रसारण गर्दै चाँडै अन्य कार्यक्रमहरू नियमित गर्नेछ । रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ । रेडियो क्यान्डिडले सरोकारवालाहरूसँग संवादको रिक्तता पूरा गर्न एउटा सशक्त मञ्चका रूपमा काम गर्नेछ ।

रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ । साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ । क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् ।

रेडियो क्यान्डिडले ख्यातिप्राप्त केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य गर्ने तयारी पनि गरेको छ । ‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो । लीला भ्वइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता थियो । यसले सन् २०१५ अप्रिल २ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट रेडियो प्रसारणको लाइसेन्स पाएको थियो ।

रेडियो क्यान्डिड हाल काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा मात्रै सुनिने भए पनि चाँडै देशभर पु¥याउने लक्ष्य छ । रेडियो क्यान्डिडले सिर्जशीलता, खोज, दिगोपन र उत्कृष्टताका लागि नमुनारूपमा काम गर्नेछ । रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा प्रत्येक दिन प्रसारण हुने रेडियो स्टेसन हो । नेपालको द्रुतगामी स्टेसनका रुपमा रेडियो क्यान्निडले जनजीवनका सबै क्षेत्रका सूचना, सङ्गीत र मनोरञ्जनका लागि काम गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested