English

यी हुन् अल्सर हुनुका कारण, कसरी बच्ने ?



अल्सरलाई मानिसहरुले सामान्य रुपमा लिने गरेका छन् । तर, यो गम्भीर रोग हो । समयमै सचेत नहुँदा यो घातक हुन सक्छ । अल्सरकै कारण धेरै क्यान्सरको शिकार पनि हुन्छन् । ग्रामीण क्षेत्रमा यो रोगका बिरामीको संख्या बढी रहेको चिकित्सकहरु बताउँछन् । अझै सहरी क्षेत्रको अस्वस्थ खानपान र आरामदायी जीवनशैलीका कारण यो रोग दिन प्रतिदिन बढ्दो छ । त्यसैले अल्सर हुनुका अन्य कारणहरु के के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? भन्नेबारे ग्यास्ट्रोइन्टेरेलोजिष्ट प्रा.डा.सुनिल कुमार शर्मा ढकालको सुझाव यस्तो छ ः

किन हुन्छ अल्सर ?

पाइलोरी जिवाणु संक्रमणलाई अल्सरको प्रमुख कारणको रुपमा लिइन्छ । यो जिवाणु खाने नली र पाकाशयको एनट्रममा धेरै बसेको हुन्छ । यो दुषित खाना, पानी आदिबाट मानिसमा सर्छ । ग्याँस्ट्रिक बिग्रिएर अल्सर हुन्छ भन्ने धेरैको भ्रम पाइन्छ । तर, त्यस्तो होइन । कोही कोही मान्छेलाई सिधै अल्सर पनि हुनसक्छ । कसैलाई जीवनभर ग्याँस्ट्राइटिसको समस्या भएर पनि अल्सर नहुन सक्छ ।

कतिपय व्यक्तिमा एचपाइलोरी संक्रमण हुँदैमा अल्सर भएको हुँदैन । तर, एचपाइलोरी भएका व्यक्तिमा अल्सर हुने संभावना धेरै हुन्छ । धेरै चुरोटको सेवन, तनाव, व्यायाम नगर्ने व्यक्तिलाई अल्सर हुने सम्भावना हुन्छ ।

कसरी बच्ने ?

– अत्यधिक तातो, चिसो खानाबाट टाढै बस्ने

– नुन धेरै भएको खाना कम खाने

– पोलेको खानेकुरा र डढेको खानेकुरा नखाने

– खाना एकैपटकमा धेरै नखाने, थोरै थोरै बारम्बार खाइरहने

– तातो खाना छिटो छिटो नखाने

– धेरै बेर भोको नबस्ने

– मानसिक तनाव र चिन्ता नलिने

– दुखाई कम गर्ने औषधि आफूखुशी नखाने

– चुरोट र मदिरा सेवन नगर्ने

– पानीलाई शुद्धिकरण गरेर मात्र पिउने

– समस्या बढ्यो भने हेल्चेक्राई गरेर नबस्ने तुरुन्त अस्पताल गएर चिकित्सकको सल्लाह लिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested