English

फ्रिजमा राखेको पानी सिधै पिउनुहुन्छ ? स्वास्थ्यमा गर्छ यस्तो हानी



गर्मीको महिना लागेपछि अधिकांशको फ्रिजमा राखेको चिसो पानी पिउने बानी होला । यसले केही समय त आनन्द नै दिन्छ । यद्यपि, फ्रिजमा राखेको पानीले दिर्घकालिन रुपमा हाम्रो स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बारे हामीले सोचेका हुँदैनौं । त्यसैले आज यहाँ फ्रिजको पानीले स्वास्थ्यमा पार्ने असरका बारे चर्चा गरिएको छ :

पाचन समस्याः

चिसो पानीको सेवनले पाचन प्रणालीलाई स्वतः प्रभावित पार्छ । चिसो पानी वा कोल्ड्रिङ्कसको सेवनले पेटका रक्तनलीह्रू संकुचित हुने र पाचनको लागि आवश्यक पाचन रसको उत्सर्जन गर्न र पाचनपश्चात उत्पादित पोषक तत्वहरूको अवशोषण पनि राम्ररी हुन सक्दैन । फलतः पाचनक्रिया नराम्ररी प्रभावित हुने गर्दछ ।
यसैगरि पाचन इन्जाइमहरूको उत्कृष्ट कार्यका लागि आवश्यक पर्ने उपयुक्त तापक्रम पनि चिसो पानीको सेवन पश्चात घट्ने हुँदा इन्जाइमहरू निष्क्रिय भई पाचन प्रभावित हुने गर्दछ । साथै, चिसो पानीको सेवन पश्चात घटेको तापक्रमलाई सन्तुलित गर्नका लागि शरीरले अतिरिक्त उर्जा खर्च गनुपर्ने हुन्छ । जसकारण पाचन प्रभावित हुने गर्दछ । यी सबै कुराहरू हुँदा अपच, अजीर्ण, कब्जियत, आउँ र पायल्स जस्ता समस्याहरू देखापर्दछन् ।

हृदय गति कम हुनेः

चिसो पानीको सेवनपश्चात चिसोका कारण पेटको स्नायू आपुर्ती गर्ने भेगस नर्भ उत्तेजित हुन पुग्दछ । भेगस नाडी उत्तेजित हुँदा हृदयगति कमहुने र हृदयको कार्यक्षमता पनि घट्दछ । साथै, कडा परिश्रम पश्चात चिसो पानीको सेवन गर्दा हामीलाई हृदयघात पनि हुनसक्छ । यसर्थ कडा परिश्रम तुरून्त पश्चात पानी पिउन र त्यसमा पनि चिसो पानी पिउन सर्बथा बर्जीत गरिएको छ ।

कडा श्रम पश्चात चिसो पानी पिउँदा शरीरले परिश्रमका क्रममा उत्पादन गरिरहेको उष्मालाई चिसो पानीले तत्काल रोकीदिने हुँदा शक लाग्न सक्दछ । यसैगरि श्रमका बेलामा पिइएको पानीलाई शरीरले तत्काल अवशोषण पनि गर्न सक्दैन फलतः पेट दुख्ने पखाला लाग्ने र शकको अवश्था समेत आउन सक्दछ ।

तौल बढाउनेः

चिसो पानीको सेवनले शरीरको मेटाबोलिजमलाई पनि प्रभावित बनाउने गर्दछ । फलतः बोसो पग्लिने क्रिया प्रभावित हुन जाँदा तौल बढ्ने र पेट लाग्ने जस्ता समस्या देखापर्ने गर्दछ ।

रोग प्रतिरक्षा प्रणालीलाई कमजोर पार्नेः

चिसो पानीको सेवनले हाम्रो प्रतिरक्षा प्रणालीलाई समेत प्रभावित पार्ने हुँदा हामीलाई रूघा लाग्ने, गला बस्ने, खोकी लाग्ने र दम बढ्ने जस्ता समस्याहरू देखापर्दछ । साथै, माईग्रेनको समस्या पनि देखापर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested