English

यी हुन् डन्डिफोर हटाउने ५ घरेलु उपाय



अनुहारमा आउने डण्डिफोरले सुन्दरतालाई नै बिगारिदिन्छ । त्यसैले कतिपय युवायुवतीहरु आफ्नो अनुहारमा निस्केको डण्डिफोर प्रति निकै नै चिन्तित हुने गर्छन् । डण्डिफोर हटाउन बजारमा धेरै क्रिम तथा औषधिहरु पाइन्छ । यद्यपि, त्यस्ता केमिकल युक्त क्रिम तथा औषधिले अनुहारलाई झनै क्षती पुर्याउन सक्छ । उसो त घरेलु उपायबाटै डण्डिफोर हटाउने उपायबारे ब्युटिसियन अनुका आलेको सुझाव यस्तो छ :

कागती

कागतीको प्रयोगले डण्डिफोरलाई सुकाउन मद्धत गर्छ । त्यसकारण तपाईँ ताजा कागती लिनुस् राती सुत्नु अघि सफा कपडा कागतीको रसमा डुबाएर डण्डिफोर भएको छालामा लगाउनुस् । बिहान सफा पानीले छाला सफा गर्नुस् । यसले तपाईको अनुहारमा देखिएका डण्डिफोरहरु छिटो निको हुन मद्धत गर्छ ।

निम

पिम्पल ठिक गर्नका लागि अनुहारमा निमको फेस प्याक लगाउनु पर्छ । ताजा निमको पात र चन्दन पाउडरको लेप बनाएर २० मिनेटसम्म अनुहारमा लगाई राख्ने । त्यसपछि चिसो पानीले अनुहार धुँदा पनि डण्डिफोर हट्छ ।

तुलसी

तुलसीमा कीटनाशक शक्तिहुने भएकाले तुलसीको पातको लेदो बनाई डन्डिफोरमा लगाएर २० मिनेट पछि चिसो पानीले धुदा डन्डिफोर सुकेर जान्छ । यसले मुहारमा चमक पनि ल्याउँछ ।

बेसन

डन्डिफोर कम गर्नका लागि बेसन निकै लाभदायी हुन्छ । बेसनमा दही मिलाएर डन्डिफोर आएको ठाउँमा लगाउने र २० मिनेटपछि सफा पानीले धुने यसो गर्नाले डन्डिफोर सुकेर जान्छ । त्यसको साथै छाला नरम, सफा र चम्किलो देखिन्छ ।

काँक्रो

काँक्रोमा पाइने भिटामिन ए, सी र ई तथा यसको चिसो बनाउने विशेषताले छालाको लागि एकदमै फाइदाजनक छ । काँक्रोलाई पिधेर पेष्ट बनाई त्यसलाई छालामा लगाउन् । करिव १५ मिनेटपछि मनतातो पानीले छाला सफा गर्दाे अनुहारको चिल्लोपना र किटाणु हटाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested