English

जनता भन्छन्– ‘कुलमानलाई उर्जामन्त्री बनाउ/एमसीसीमा नजोडियोस्’



प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन गरेसँगै चर्चाको विषय बनेको छ । कुलमानको विषयलाई लिएर सडकदेखि सदनसम्म आवाज उठ्न थालेका छन् ।

यसै सन्दर्भमा मेरो लाइफस्टाइलले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकारणको कार्यकारी निर्देशकमा कुुलमान घिसिङलाई नियुक्त गर्न दिएको निर्देशन तपाईलाई कस्तो लाग्यो ?’ सोधेको थियो । जसमा घिसिङलाई नियुक्त गर्नु राम्रो रहेको अधिकांशको विचार छ । कतिपयले घिसिङलाई नै उर्जामन्त्री बनाउनु पर्ने माग राखेका छन् त केहीले एमसीसीसँग घिसिङलाई नजोडेमा राम्रो हुने धारणा राखेका छन् । पढनुहाेस् जनताको विचार जस्ताको तस्तै ।

उत्तम गुरुङ

एकातिर एकदम राम्रो अर्को तिर देउवाले कुलमानलाई एमसीसीको समितिमा भएका कारणले फोर्स गर्न सक्नुहुन्छ ।

यम खाड्का

एउटा कर्मचारीले आफ्नो सेवामा रहँदा जे–जतिकाम राम्रो गरे । अब उहाँ त्यहाँबाट पदावदी सकेर जानु भयो । उहाँलाई उर्जामन्त्री बनाउनुपर्छ । सोही पदमा ल्याउनु गलत हो ।

किशोर खड्का

कुरा राम्रो हो तर कुलमानलाई भनेर एमसीसी पास गर्न पाइदैन ।

हरेराम नेपाल

मेरो रोजाईमा पनि घिसिङजी नै हो । तर, शाक्यजीलाई कसरी पदमुक्त गर्ने ? के खोचे थाप्ने ? प्रश्न गहिरो र उत्तर त्यति सजिलो छैन ।

मनबहादुर गुरुङ

यदि देउवाले राम्रो गर्न चाहेको हो भने कुलमानलाई उर्जामन्त्री दिनु पर्थ्यो ।

फडिन्द्र डाँगी

कुरा राम्रो हो तर एमसीसीसँग जोडिनु भएन ।

कृष्ण पौडेल

राम्रो छ । राम्रो मान्छेलाई काम गर्न दिनुपर्छ ।

चन्द्र श्रेष्ठ

यो भन्दा खुशी के होला र ? उज्यालो चाहिनेहरूलाई तर, यो कुरा ओलीको भक्त भन्दा पनि अन्धभक्तहरुलाई मन नपर्ला ।

उमन सिंह गुरुङ

मलाई राम्रो लाग्यो । कुलमान ईमान्दार हुनुहुन्छ ।

हिमाल घिमिरे लक्ष्मी

अब कुलमान घिसिङ फेरि विद्युतको प्रमुख हुनु भनेको आफ्नो नैतिक पतन गर्नु हो । किनकि, उहाँलाई पहिल्यै थमौति दिनुपर्ने हो । यत्रो समयपछि फेरि उही पदमा राख्नु भनेको उहाँको अपमान गर्नु हो । अब उहाँलाई उर्जा मन्त्री बनाएर बिद्युतको प्रमुख उहाँ जस्तै ईमान्दार साहसिक कुनैपनि पार्टीको झोला नबोकेको स्वतन्त्र र त्यही क्षेत्रमा ज्ञान हसिल गरेको मान्छेलाई जिम्मा दिनुपर्छ । अनि गर्ने नै भए अख्तियारको प्रमुखमा प्रेम सञ्जेल लाई पनि नियुक्ति गर्नुनी ।

धन गुरु

ठाउँ रिक्त हुनुपर्यो नि । भइरहेकोलाई के गर्ने ? तैपनि, राम्रोलाई स्थापित र नराम्रोलाई विस्थापित गर्ने राम्रो लाग्यो ।

शिर्षा राई

प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो काम गर्नु भएको छ । यो गिनिज बुक रेकर्डमा जान्छ । धन्यवाद प्रधानमन्त्री ।

मोहन आनन्द

राजनीतिक उथलपुथलको बेला कुलमान विद्युत प्राधिकरणमा जानु भनेको अपमान सहनु हो । साँच्चै उनको क्षमतामा दम देखेको छ भने सरकारले भृकुटी कपी उद्योग, रासयनिक मल उत्पादन उद्योग, सरकारी निर्माण सेवा कम्पनीको जिम्मा दिइयोस् ।

घले किङ नौकुण्ड

झन् प्रधानमन्त्री भए कति राम्रो हुन्थ्यो ।

होम जंग शाह

सरकारको काम नै यही हो कहिले फाल्ने कहिले ल्याउने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested