English

टन्सिलबाट बच्न के गर्ने ?



टन्सिलको समस्या सबै उमेर समूहलाई हुनसक्छ । घाँटीको संक्रमणले गर्दा कहिले कहीँ टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । त्यसो त टन्सिलका लक्षणहरु के–के हुन् ? यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे नाक, कान, घाँटी सर्जन प्रा.डा. दीपेन्द्र श्रेष्ठको सुझाव यस्तो छ :

के हो टन्सिल ?

जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा हुन्छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् । टन्सिल भनेको एउटा लिम्फ्लियो टिस्यु हो । जसमा शरीरले उत्पादन गर्ने तत्वहरु हुने गर्दछन्, जुन स–साना ग्लान्ड्सहरु रहेको हुन्छन्, आँ गर्दा जिब्रोका दुवैतर्फ देखिने त्यस्ता डल्लालाई टन्सिल भनिन्छ ।
टन्सिलमा हुने इन्फेक्सनले घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । साधारणतया टन्सिलमा सिलिभर इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भयो भने ज्वरो आउने, खाना निल्दा दुख्नेजस्ता समस्या हुने गर्छन् । यसको समयमा नै उपचार भएन भने यसले मुटुमा समस्या समेत हुन सक्छ ।

लक्षण

– घाँटी दुख्नु
– घाँटीको ग्रन्थी सुन्निनु
– ज्वरो आउनु
– खाना/थुक निल्दा अप्ठ्यारो हुनु
– श्वास गन्हाउनु

बच्ने उपाय

– धेरै चिसो, चिल्लो तथा पिरो खानेकुरा नखाने
– दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।
– झोलिलो खानेकुरा पर्याप्त सेवन गर्ने ।
– धुवाँ धुलो आदिबाट जोगिने ।
– अलि–अलि घाँटी दुख्यो भन्दैमा वा टन्सिल भयो भन्दैमा एन्टिबायोटिक खाइहाल्नुपर्ने हुँदैन ।
– एक–दुई दिन ज्वरो बढ्दै गएको, टन्सिल बढ्दै गएको छ भने चिकित्सकलाई देखाएर औषधि खानुपर्ने हुन्छ ।
– पटक–पटक टन्सिलको समस्या बल्झिरह्यो भने चिकित्सकको सल्लाह अनुसार यसको शल्यक्रिया गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested