English

स्वास्थ्य मापदण्ड पालना नगरे एक महिनाभित्रै तेस्रो लहर आउने



कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका हुन् ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यका मापदण्ड लागू नहुँदा सङ्क्रमण बढीरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा. सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।

‘निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ’, उनले भने, ‘यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।’ नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।

जनस्वास्थ्यविद् डा. राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहने भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए । यस्तै जनस्वास्थ्यविद् डा. वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढीरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए ।

अर्का जनस्वास्थ्यविद् डा. सुन्दरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested