English

गायक महेश काफ्लेको नजरमा पढ्नै पर्ने तीन पुस्तक



शनिबार फुर्सदको दिन । यो समयमा थुप्रै रचनात्मक काम गरेर बिताउँन सकिन्छ । हरेकका आ–आफ्ना सोख हुन्छन् । जसमध्ये पुस्तक पढ्नु पनि कसैका लागि सोखको विषय हो । गायक महेश काफ्ले पनि अध्ययनमा सोख राख्छन् । काफ्लेको नजरमा पाठकहरुले पढ्नै पर्ने तीन पुस्तक :

चिना हराएको मान्छे

हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ पनि मलाई एकदमै मन परेको पुस्तक हो । म हरिवंशको अभिनयको म फ्यान हो । अभिनय गरेर अरुलाई पेट मिचिमिचि हसाउँने र धुरुधुरु रुवाउन पनि सक्ने यी महान् कलाकार आफ्नो वास्तविक जीवनमा कति हाँसेका छन् र कति रोएका छन् त ? यस्ता अनेक प्रसंगहरूको बेलिबिस्तार चिना हराएको मान्छे पुस्तकमा समेटिएको छ । मान्छेको जीवनमा आईपर्ने उतारचढावलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने शिक्षा यो पुस्तकबाट सिक्न सकिन्छ ।

प्रयोगशाला

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधिर शर्माको प्रयोगशाला पुस्तक नेपालमा तत्कालिन समयमा शसस्त्र विद्रोह गरिरहेको माओवादीलाई केन्द्रमा राखेर लेखिएको छ । राजतन्त्र र भारतीय संस्थापनसँग माओवादीको उतार चढावपूर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा, प्रयोगशाला नेपाली राजनीतिको संक्रमणमा दिल्ली, दरबार र माओवादीको भूमिकाको लेखाजोखा हो ।

खुसी

विजय कुमार पाण्डेको ‘खुशी’ ले मदन पुरस्कार समेत जितेको छ । खुसी पढ्दा साँच्चै नै खुशी मिल्छ । जीवनमा आउने उतार चढावलाई यस पुस्तकमा वर्णन गरिएको छ । आफ्नो व्यवसायिक जीवनमा पत्रकार, प्रस्तोता, सम्पादकको भूमिकामा खेलेका पाण्डेको भोगाई यस पुस्तकमा समेटिएको छ । भौतिक सुखले मात्र जीवन पूरा हुँदैन भन्ने कुरा यस पुस्तकले सिकाउँछ । मैले अहिलेसम्म पढेका पुस्तकहरुमध्ये यो पुस्तक प्रिय लाग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested