English

फेवातालमा चल्न थाले डुङ्गा, मजदूरमा उत्साह



पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।

निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनःव्यवसाय सुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय सुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि आठ÷नौ जनासम्म राख्ने गरिएको थियो । उनले भने, ‘यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालमा छन्, फेवातालमा डुङ्गा सुरु भयो भन्ने सन्देश दिन र निषेधाज्ञाबाट प्रभावित मजदूरलाई सहयोग पुगोस् भनेर सञ्चालनमा ल्याएका हौँ ।’

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

फेवातलामा नौ वर्षदेखि डुङ्गा चलाउदै आएका पोखरा महानगरपालिका–१८ सराङकोटका मजदूर लक्ष्मण परियारले निषेधाज्ञाका कारण आफूहरु समस्यामा परेको र व्यवसाय सुरु भएपछि उत्साहित भएको बताए ।

कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाइएको उनले जानकारी दिए । ‘कोरोनाका कारण अहिले जस्तो सङ्कट कहिल्यै परेको थिएन, बिस्तारै चहलपहल बढेपछि उत्साहित भएका छौँ’, परियारले भने, ‘यात्रु कम हुँदा डुङ्गाको पालो पाउनै गाह्रो छ, पहिला जस्तो आम्दानी अहिले नभए पनि व्यवसाय सञ्चालन हुँदा खुशी लागेको छ ।’

अर्का डुङ्गा चालक बाबुराम पुरीले निषेधाज्ञाका कारण परिवार पाल्न समस्या भएको बताए । पर्यटन व्यवसाय पहिलाकै अवस्थामा फर्किने विश्वास गरिएको छ । सम्भावित सङ्क्रमणबाट जोगिन आफूहरु पनि सचेत रहेको जनाउँदै उनले मास्क लगाउने, सेनिटाइज गर्ने गरेको र पर्यटकलाई पनि स्वास्थ्य मापदण्डको पालनाका लागि आग्रह गर्ने गरिएको बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested