English

अलैंचीबाटै १ अर्ब ३५ करोड आम्दानी



ताप्लेजुङको अलैंची जोनमा उत्पादित अलैंचीको बिक्रीबाट किसानले एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैंची उत्पादन गरेका हुन् । अलैंची जोनबाट २ हजार ६ मेट्रिक टन उत्पादन भएकोमा २ हजार मेट्रिक टन बिक्रीबाट १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ ।

करिव ६ मेट्रिक टन अलैंचीमात्र ताप्लेजुङमा खपत भएको तथ्यांकले देखाएको छ । अलैंची जोनले ताप्लेजुङमा ३ हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४ सय हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।

फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मैवाखोला गाउँपालिकामा ६ मध्ये सबै वडामा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकाका पाँच वडा र फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङ्चुङगोलाबाहेक ६ वटा वडामा अलैंची खेती हुँदै आएको छ ।

आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैंची खेती गर्दै आएका छन् । मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङबाहेक बाँकी पाँचवटा वडा र सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामांखेमा अलैंची खेती गरिन्छ ।

जिल्लामा रहेका कूल ६१ वडामध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनले ३९ वटा वडामा कार्यक्षेत्र बनाएर कार्यक्रम गर्दै आएको अलैंची जोनका कार्यालय ताप्लेजुङले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested