English

तिहारका लागि आजभोलि नै यसरी रोप्नुहोस् फूल



दशैं र तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको प्रयोग धेरै हुन्छ । सयपत्री र मखमली फूल मौसमी फूल हो । यो फूल सिजनमा एक पटक फूलेर नष्ट हुन्छ । तर, गोदावरी फूल रोपेपछि जति समय बचाउन सकिन्छ त्यति नै रहन्छ । घर सजाउन, पूजा गर्नका लागि यी फूलहरुको माला र गुच्छा किन्ने गर्छौ । तर यी फूलहरु घरमै रोप्न सक्छौ । सयपत्री, मखमली र गोदावरी फुल कहिले, कसरी रोप्ने र के–के कुरामा ध्यान दिने विषयमा ‘हाम्रो बगैँचा नर्सरी’ का सञ्चालक सोनम लामा योञ्जनको सुझाव यस्तो छ ।

सयपत्री/मखमली

– दशै र तिहारका लागि सयपत्री र मखमली फूलको बीउ ७० दिन आगावैै अर्थात । साउनकोे पहिलो हप्ता रोप्नुपर्छ ।

– फूलको बीउ घाम लाग्ने तर सिधा अकाशको पानी नपर्ने ओभानो ठाउँमा राख्नुपर्छ ।

– सयपत्री र मखमली फूलको बीउ रोपेकोे पोली व्याग नर्सरीबाट ल्याउनु भएको छ भने ओभानो ठाउँमा राख्नुपर्छ ।

– बीउ रोपेको ३० देखि ४५ दिनको बेर्ना गमलामा वा जमिनमा सार्न उपयूक्त हुन्छ ।

– दशै र तिहारका लागि साउन १५ गते देखि २० सम्म नर्सरीबाट फूलका बेर्नाहरु ल्याएर रोप्नुपर्छ ।

– फूलमा कपोष्ट र पिनाको मलहरु प्रयोग गर्नुपर्छ ।

– किरा र रोगबाट बचाउन ढुसीनाशक औषधी समय–समयमा छर्नुपर्छ ।

– सुख्खा भएमा तीन देखि पाँच दिनको फरकमा पानी हाल्नुपर्छ ।

– मखमलीलाई राम्रो र झुप्प्पा परेको बनाउन दुई देखि चार पात हुँदा फूलको टुप्पो काट्नुपर्छ ।

गोदावरी

– गोदावरी फूलको हाँगाबाट बेर्ना बनाउन सकिन्छ ।

– दशैँ र तिहारमा यो फूल प्रयोग गर्नका लागि चैतदेखि बैशाखसम्म फूलको चारपातको हाँगा रोप्नुपर्छ ।

– हाँगाहरु पलाएपछि साउनको १५ वा २० गते सम्म हाँगा काट्नुपर्छ ।

– फूलमा नियमित पानी र मल हाल्नुपर्छ । यसरी रोपेको फूल दशैं तिहारका लागि फूल्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested