English

टिकटकमा भाइरल बन्दै खुमन र रमिलाको तीज गीत ‘नाइँ भन्न पाईंदैन’



गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको ‘नाइँ भन्न पाईंदैन’ बोलको तीज गीत सार्वजनिक भएको छ । शनिबार खुमन अधिकारी युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो । यो गीत यतिबेला सामाजिक सञ्जाल टिकटकमा भाइरल बनेको छ ।

गीतमा आशा बिसी, प्रेमा राना, रुपी सिन्जाली, गोबिन्द पराजुली र सागर बाजुरालीले कोरस गाएका छन् । गीतको शब्द नेत्र अर्यालले लेखेका हुन् भने अधिकारीले नै संगीत भरेका छन् । बिनोद बाजुरालीले संगीत संयोजन र खड्ग बाजुरालीले मिक्सिङ गरेका हुन् । गीतलाई राजेन्द्र बाजुराली, गोविन्द बाजुराली र दिपक संगम बिसीले रेकर्डिङ गरेका छन् ।

मालाश्री स्टुडियोमा रकेर्ड भएको गीतको भिडियोमा खुमन अधिकारी, रमिला न्यौपाने, बबिन ठकुरी, अर्जुन गौतम, धु्रव हिमाली, रिना थापा मगर, दिपासा बिसी, रुबिना अधिकारी लगायतको अभिनय रहेको छ । स्मृती तिमिल्सिना (गुरुआमा)ले भिडियोलाई निर्देशन गरेकी हुन् । दर्गा पौडेलले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

भिडियो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले