English

सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सुबिन भट्टराई एक उत्कृष्ट युवा लेखकका साथै पुस्तक प्रेमी व्यक्ति हुन् । उनलाई खाली समयमा पुस्तक पढेर समय बिताउन असाध्यै मन पर्छ । उनले धेरै उत्कृष्ट पुस्तकहरु पढिसकेका छन् । यदि तपाईं फुर्सदिलो हुनुहुन्छ र पुस्तक पढेर समय बिताउने सोंचमा हुनुहुन्छ भने भट्टराईको नजरमा पढ्नै पर्ने तीन पुस्तक यस्ता छन् :

घामका पाइलाहरु

घामका पाइलाहरू धनुषचन्द्र गौतमद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो । यस उपन्यासले वि.सं २०३५ को मदन पुरस्कार प्राप्त गरेको थियो । यस पुस्तकमा प्रयोग भएका भाषा शैली एकदमै सरल छ ।
त्यसैले सबैले यो पुस्तक सजिलै पढ्न र बुझ्न सक्छन् । यस उपन्यासमा प्रस्तुत भएका सबै पात्रहरु सम्झन लायक छन् । त्यसैले मैले पढेको पुस्तकहरु मध्ये मलाई यो एकदमै राम्रो लाग्छ ।

हिटलर र यहुदी

हिटलर र यहुदी नेपाली सुप्रसिद्ध मनोवैज्ञानिक साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो । जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कोइरालाको लेखन शैलीको त तारिफ गरेर कहिल्यै सकिँदैन । उहाँको भाषाशैली देखि विषयवस्तु सबै उत्कृष्ट छ । यो पुस्तक पनि मैले पढेका मध्ये उत्कृष्ट लाग्छ ।

आगत

भवानी भिक्षुको उपन्यास आगत पनि उत्कृष्ट पुस्तकहरुको सुचीमा पर्छ । अहिलेको पाठकहरुलाई यो पुस्तकको भाषा बुझ्न अलि गाह्रो हुन सक्छ । तर, पढ्दै गएपछि सजिलो लाग्न थाल्छ । राणाकालमा जमिन्दारीको कथालाई पुस्तकले उत्थान गरेको छ । यो धेरै अगाडी लेखिएको पुस्तक हो । तर, त्यति पुरानो राणा कालको कथा भइकन पनि प्रगतिशील कथा यस भित्र पाइन्छ । यो पुस्तकमा एकजना पात्र छिन् सम्झना जस्को भुमिकालाई कहिल्यै बिर्सन सक्दिनँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested