English

निषेधाज्ञाको मार

ड्रोनबाट यस्तो देखियो नागढुङ्गाको जाम (भिडियो/फोटो फिचर)



काठमाडौंको नागढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनको चाप बुधबार बिहानैदेखि बढेको छ । सरकारले भोलि (बिहीवार) बिहान ६ बजेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ फर्किनेहरुको लाइन लागेको हो ।

यो लाइन नागढुङ्गादेखि धादिङको झ्याप्लेखोलासम्म थियो । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै सरकारले गरेको १५ दिने निषेधाज्ञाको अवधि अझै बढ्ने सक्ने हो कि भन्दै मानिसहरु धमाधम गाउँ फर्किन थालेका छन् । गाडीमा सिट खाली छैन । तर उभिएरै भएपनि गाउँ फर्किनेको संख्या धेरै छ । सरकारले बसहरुमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्न निर्देशन दिएतापनि पूर्णतः यसको पालना भएको पाईंदैन ।

कतिपय गाडीले नागढुङ्गा निस्कने ट्रनिङमा मानिस झार्दै प्रहरीको आँखा छलेर अर्को ट्रनिङसम्म यात्रुलाई झार्छन् । र, अर्को ट्रनिङमा कुरेर फेरि चढाएर लैजान्छन् । बुधबार बिहानैदेखि यो दृश्य नागढुंगा ओरालोमा देखिन्छ ।

गाउँ फर्किनको लागि सरकारले दुई दिनको लागि दिएको समयावधि भित्रमा मानिसहरु धमाधम गाउँ पलायन भइरहेका हुन् । गत दुई दिनको तथ्यांक हेर्ने हो भने वैशाख १३ गते काठमाडौंबाट बाहरिनेको संख्या ५५ हजार ५ सय ५७ थियो ।

यस्तै, १४ गते ५२ हजार १ सय ९० यात्रु बाहिरिएको छन् । जसमध्ये, नागढुङ्गा नाकाबाट मात्रै पछिल्लो २४ घन्टामा ४५ हजार भन्दा धेरै यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख त्रिभुवन सिंह थापाले बताए ।

यसैगरी, ५ हजार चारपांग्रे सवारी साधन बाहिरिएका छन् । ‘नागढुङ्गा नाका हुँदै रातभरी पनि मानिसहरु बाहिरिएका छन्,’ उनले भने, ‘केही दिन यता काठमाडौं छोड्नेको संख्या उल्लेख्य मात्रामा बढेको छ ।’



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested