English

निषेधाज्ञाको मार

ड्रोनबाट यस्तो देखियो नागढुङ्गाको जाम (भिडियो/फोटो फिचर)



काठमाडौंको नागढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनको चाप बुधबार बिहानैदेखि बढेको छ । सरकारले भोलि (बिहीवार) बिहान ६ बजेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै गाउँ फर्किनेहरुको लाइन लागेको हो ।

यो लाइन नागढुङ्गादेखि धादिङको झ्याप्लेखोलासम्म थियो । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै सरकारले गरेको १५ दिने निषेधाज्ञाको अवधि अझै बढ्ने सक्ने हो कि भन्दै मानिसहरु धमाधम गाउँ फर्किन थालेका छन् । गाडीमा सिट खाली छैन । तर उभिएरै भएपनि गाउँ फर्किनेको संख्या धेरै छ । सरकारले बसहरुमा सिट क्षमता भन्दा धेरै यात्रु नराख्न निर्देशन दिएतापनि पूर्णतः यसको पालना भएको पाईंदैन ।

कतिपय गाडीले नागढुङ्गा निस्कने ट्रनिङमा मानिस झार्दै प्रहरीको आँखा छलेर अर्को ट्रनिङसम्म यात्रुलाई झार्छन् । र, अर्को ट्रनिङमा कुरेर फेरि चढाएर लैजान्छन् । बुधबार बिहानैदेखि यो दृश्य नागढुंगा ओरालोमा देखिन्छ ।

गाउँ फर्किनको लागि सरकारले दुई दिनको लागि दिएको समयावधि भित्रमा मानिसहरु धमाधम गाउँ पलायन भइरहेका हुन् । गत दुई दिनको तथ्यांक हेर्ने हो भने वैशाख १३ गते काठमाडौंबाट बाहरिनेको संख्या ५५ हजार ५ सय ५७ थियो ।

यस्तै, १४ गते ५२ हजार १ सय ९० यात्रु बाहिरिएको छन् । जसमध्ये, नागढुङ्गा नाकाबाट मात्रै पछिल्लो २४ घन्टामा ४५ हजार भन्दा धेरै यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख त्रिभुवन सिंह थापाले बताए ।

यसैगरी, ५ हजार चारपांग्रे सवारी साधन बाहिरिएका छन् । ‘नागढुङ्गा नाका हुँदै रातभरी पनि मानिसहरु बाहिरिएका छन्,’ उनले भने, ‘केही दिन यता काठमाडौं छोड्नेको संख्या उल्लेख्य मात्रामा बढेको छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested