English

१९ सय बिन्दुमाथि उक्लियो सेयर बजार



बुधबार सेयर बजार १३.४० अंकले बढेको छ। आज नेप्से ०.७१ प्रतिशतले बढेर १९११.२६ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकममा गिरावट आएको छ।

मंगलबार १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँ पुगेको छ।

आज २३२ वटा धितोपत्रको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच भएको छ। बुधबार सिक्लेस हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रति कित्ता मूल्य ३५३ रुपैयाँ १० पैसामा बन्द भएको छ।

त्यस्तै, गणपती लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८०७ रुपैयाँ ८० पैसा कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ४.१३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ६०० रुपैयाँमा झरेको छ।

त्यस्तै, सबैको लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९१५ रुपैयाँ कायम भएको छ। आज सर्वाधिक सेयर खरिद–बिक्री रिडी पावरको भएको छ। कम्पनीको ४८२ रुपैयाँ ९० पैसामा ६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.४४ प्रतिशतले बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमालयन डिष्टिलरी रहेको छ। उक्त कम्पनीको तीन हजार ६७३ रुपैयाँमा ४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक ०।८५ र १।२० प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो।

आज विकास बैंक समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले बढेको छ। त्यस्तै, जलविद्युत समूहको परिसूचक १.१३ प्रतिशत र वित्त समूहको परिसूचक १.०१ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested