English

हजारौँ लेखजंग उत्पादन गर्न राजनीतिमा होमिएको हुँ



यतिबेला देश निर्वाचनमय बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन अब मात्र केही दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा लिएर धेरै भन्दा धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् ।

डा. लेखजंग थापा समेत यही चटारोमा छन् । कहलिएका चिकित्सक उनकोमा बिहान देखि मध्यरातसम्म बिरामीको लाम लाग्ने गर्छ । यतिबेला भने उनको यो पेशाले विश्राम पाएको छ । थला परेको राजनीतिको उपचार अझ बढी आवश्यक ठानेका छन् उनले । लुम्बिनी प्रदेशसभाका समानुपातिक उम्मेदवार डाक्टर थापा आफुलाई भोट माग्न घर–घर धाउँदै छन् । कुनैबेला न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको विश्वासपात्र थिए यिनी । सात वर्षसम्म बाँसबारीस्थित न्युरो अस्पतालमा कार्यरत डा. थापाले हाल आफ्नो समेत लगानीमा खुलेको नेशनल न्युरो सेन्टरबाट सेवा दिँदै आएका छन् ।

अस्पतालको एउटा कोठामा बसेर मैले हजारौँ बिरामीलाई त हेर्न सकेँ, तर करोडौँ नेपालीलाई हेर्ने हजार लेखजंग बनाउन भने नीति निर्माण तह अर्थात् राजनीतिमा नगएसम्म सम्भव छैन भन्ने महसुस भयो ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचनमा होमिएका हुन् । नेपालमा स्वास्थ्यलाई अरू कुराको तुलनामा जटिल मानिन्छ । यो क्षेत्र आम नागरिकसँग सम्बन्धित छ । हरेक नेपालीको घर र हरेक नागरिकसँग स्वास्थ्य जोडिन्छ । डा. लेखजंग स्वास्थ्यलाई देशको हरेक नागरिक समक्ष समान पहुँच पुर्याउन चाहन्छन् । अस्पतालको एउटा कोठाबाट उपचार गरेर मात्र यो सम्भव नहुने भएपछि उनी राजनीतिमा आउनु परेको बताउँछन् । ‘अस्पतालको एउटा कोठामा बसेर मैले हजारौँ बिरामीलाई त हेर्न सकेँ’, उनले भने , ‘तर करोडौँ नेपालीलाई हेर्ने हजार लेखजंग बनाउन भने नीति निर्माण तह अर्थात् राजनीतिमा नगएसम्म सम्भव छैन भन्ने महसुस भयो ।’

स्वास्थ्य होस् वा अरु जुनसुकै क्षेत्र, व्यवस्था राम्रो हुनको लागि नीति नियमको आवश्यक पर्छ । नीति निर्माण भएर मात्र पनि हुँदैन, त्यसलाई कार्यान्वयन गर्न सम्बन्धित विषयको ज्ञान र दृढ राजनीतिक इच्छाशक्ति पनि हुनुपर्ने उनको बुझाई छ । नीति निर्माण सही नहुँदा आफूले खेप्नु परेको नमिठो भोगाइ सम्झन्छन् डा. लेखजंग, ‘म चिकित्सा क्षेत्रमार्फतै केही गर्न चाहन्थेँ, तर नीति निर्माण राम्रो नहुँदा अनेकौँ दुःख र चुनौतीलाई देख्दै, भोग्दै, पार गर्दै आएको मान्छे हुँ,’ उनी भन्छन् ‘यी चुनौतीलाई हामी जस्ता मान्छेले लिड गरेनौं भने राम्रो स्वास्थ्य प्रणाली बन्न धेरै समय लाग्ने देखिन्छ ।’ उनी थप्छन् ‘चिकित्सा क्षेत्र आफैलाई पनि उपचारका लागि राम्रो वातावरण सिर्जना गरिदिनु पर्छ । जहाँ एन्जाइटी बिना, मोनोटोनस बिना बिरामीको उपचार गर्न सकियोस् ।’

समानुपातिकमा आएर हाम्रो पार्टीमार्फत हेल्थ सेक्टर मात्र सम्हाल्दिए पुग्छ, तपाईंमार्फत देशलाई केही दिन सक्यौँ भने मात्र पनि हामी खुसी हुने थियौँ, भनेर आग्रह गरिसके पछि म मात्र होइन कुनै पनि व्यक्तिले नकार्न सक्दैन ।

नागरिक उन्मुक्ति पार्टीमा नै किन ?

डाक्टर लेखजंगलाई थुप्रै ठूला राजनीतिक दलबाट प्रस्ताव नआएका होइनन् । उनी बच्चादेखि नै आत्मसम्मान र चुनौतीलाई आत्मसाथ गर्दै आएका व्यक्ति हुन् । उनी जहिले पनि राष्ट्रियताले भरिएको यो गीतको दुई लाइन सम्झिन्छन्ः

हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ ।
कहिल्यै नझुक्ने शिर उभिएको स्वाभिमानी नेपाली हुन्छ ।

‘मलाई कुनै पार्टीे नेताको झोले भएर हिँड्नु र झुटो आश्वासन बाँड्नु थिएन’, हँकी स्वभावका उनी भन्छन्, ‘मलाई जहाँ मेरो आवश्यकता छ त्यहाँ फिट हुनु थियो ।’ कहाँ कोसँग के फाइदा लिन सकिन्छ भन्नेमा आफुले कहिल्यै सरोकार नराखेको बताउने उनले देशको हेल्थ सिस्टम राम्रो बनाउन सहयोग गर्नु आफ्नो दायित्व बताए । नागरिक उन्मुक्ति पार्टीबाट सोच अनुरूपकै प्रस्ताव आएकाले त्यसलाई नकार्न नसकेको उनको दाबी थियो । उनी सम्झन्छन्, ‘एक जना भाइले सम्मानपूर्वक आएर कुनै प्रलोभन नदेखाई दाजु समानुपातिकमा आएर हाम्रो पार्टीमार्फत हेल्थ सेक्टर मात्र सम्हाल्दिए पुग्छ, तपाईंमार्फत देशलाई केही दिन सक्यौँ भने मात्र पनि हामी खुसी हुने थियौँ, भनेर आग्रह गरिसके पछि म मात्र होइन कुनै पनि व्यक्तिले नकार्न सक्दैन ।’

राजनीति प्रति युवा वर्गमा जुन खालको वितृष्णा छ त्यसमा मृगतृष्णा ल्याउन चाहन्छु ।

पछिल्लो समय स्वतन्त्र उम्मेदवारको लहर छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राम्रो गरेको बताउँदै उनले प्रतिनिधि तथा प्रदेश तहको निर्वाचनमा कुनै पार्टी विशेषबाट निर्वाचित हुनसके नीति निर्माण गर्न सहज हुने उनको बुझाई छ । उनले थप उत्साहित हुँदै सुनाए, ‘राजनीति प्रति युवा वर्गमा जुन खालको वितृष्णा छ त्यसमा मृगतृष्णा ल्याउन चाहन्छु ।’

लुम्बिनी प्रदेशमा चिरपरिचित नाम हो ‘डाक्टर लेखजंग थापा’ । यसपटक उनी सम्माहित पार्टीले उनकै नाममा बढी भोट पाउँने स्थानीयहरुको आंकलन छ । उनलाई पार्टीबाट स्वास्थ्य र शिक्षाको जिम्मा दिएर प्राथमिकता साथ अगाडि बढाइएको छ । यदि पार्टीले देशमा यी दुई कुराको आवश्यकता महसुस गर्यो भने आफू समानुपातिक उम्मेदवारमा छानिनेमा डा. लेखजंग ढुक्क छन् ।

गर्ने तरिका फरक भए पनि चिज एउटै हो, म यत्तिकै बिलाउन जान लागेको कहाँ हो र ! मैले त त्यहाँ गएर एउटा होइन हजारौँ लेखजंग उत्पादन गर्न खोजिरहेछु ।

हरेक नागरिकलाई समान रूपमा गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उनको धोको छ । आम नागरिकलाई एक खालको चिन्ता र चासो छ, ‘सिनियर न्युरोलोजिस्ट डा. लेखजंग राजनीतिमा गयो भने उसको पेशामा कस्तो असर पर्ला ?’ यस्ता प्रश्न स्वयं उनले पनि सामना नगरेका होइनन् । तर यस विषयमा उनी गम्भीर सुनिन्छन्, ‘गर्ने तरिका फरक भए पनि चिज एउटै हो, म यत्तिकै बिलाउन जान लागेको कहाँ हो र ! मैले त त्यहाँ गएर एउटा होइन हजारौँ लेखजंग उत्पादन गर्न खोजिरहेछु ।’

डाक्टर लेखजंग आफू स्वयं, पार्टी र समग्र देशलाई नै सकारात्मक र अर्थपूर्ण परिवर्तन गर्न चाहन्छन् । जसलाई देश बनाउने जिम्मा दिएका थियौं, उनीहरू जिम्मेवारीबाट विमुख हुँदा वैकल्पिक शक्तिका रूपमा हरेक क्षेत्रका मान्छे देश बनाउने जिम्मा लिन सक्षम छन् भन्ने सशक्त उदाहरण बन्न चाहन्छन् डा. लेखजंग । अहिले उनी ‘एक्काइसौँ शताब्दीका एक्काइसौँ समस्याहरू’ भित्र आफ्ना थुप्रै एजेन्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

नेपालले प्रत्यक्ष र समानुपातिक गरी दुई खाले निर्वाचन प्रणाली अपनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा प्रतिनिधिसभाका लागि देशलाई १६५ निर्वाचन क्षेत्रमा बाँडिएको छ र हरेक क्षेत्रबाट त्यस क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने छन् ।

तर प्रतिनिधिसभा तर्फको समानुपातिक निर्वाचन प्रणालीमा भने पूरै देशलाई नै एउटा निर्वाचन क्षेत्र मानिने छ । समानुपातिक मतदान प्रणालीबाट प्रतिनिधिसभामा ११० जना सदस्यहरू चुनिन्छन् । त्यस्तै सात वटा प्रदेशसभामा कुल २२० जना सदस्यहरू समानुपातिक प्रणालीबाट चुनिन्छन् ।

नेपालको संविधान अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा ६० प्रतिशत सदस्य प्रत्यक्ष रूपमा निर्वाचित हुन्छन् भने ४० प्रतिशत समानुपातिकबाट छानिन्छन् । प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६,४९३ जना समानुपातिकतर्फका उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा २ हजार ४ सय ३६ जना उम्मेदवार रहेका छन् ।



...
Binance推荐码

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

...
Binance推荐代码

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.bh/register/person?ref=GGYHGRE

...
Binance创建账户

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance konto skapande

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested