English

सेयर बजारमा सामान्य गिरावट



मंगलबार सेयर बजार २.५७ अंकले घटेको छ। आज नेप्से परिसूचक ०.१३ प्रतिशतले घटेर १९५६.३६ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचक सँगै आज कारोबार रकम पनि घटेको छ।

सोमबार २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६७ रुपैयाँमा सीमित भएको छ। आज २२६ वटा धितोपत्रको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ।

मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। उक्त कम्पनीको सेयरमूल्य ४.२२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य १ हजार ३७९ रुपैयाँ ९० पैसामा बन्द भएको छ।

त्यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य ४.०३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ८८७ रुपैयाँ ४० पैसा कायम भएको छ। आज सेयर मूल्य सर्वाधिक घट्नेमा कालिका लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९२२ रुपैयाँ ५० पैसामा झरेको छ। त्यस्तै, मन्दाकिनी हाइड्रोपावको सेयर मूल्य ४.४८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३२६ रुपैयाँ १० पैसा कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको ६६३ रुपैयाँमा ८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिटिजन्स बैंक रहेकोे छ। उक्त कम्पनीको १८८ रुपैयाँमा ६ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ९ समूहको परिसूचक घटेको छ। आज जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको हो।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
binance "oppna konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/register?ref=IXBIAFVY

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested