सेयर बजारको ओरालो यात्रा
साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.०४ विन्दुमा अडिएको छ।
सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा झरेको छ। यसदिन ८० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ।
२२१ कम्पनीको २५ लाख ७४ हजार कित्ता सेयर ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ वटै समूहमध्ये ११ वटाको सूचक राताम्मे देखिएका छन्। यसदिन बैंकिङको ३.३५ र म्यानु एण्ड प्रोको १३.८३ अंकले बढेको छ।
अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ९.९९ अंकले बढ्यो।
कारोबार रकमका आधारमा एभरेष्ट बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बढीको सेयर कारोबार भयो।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










Binance代码
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.