English

सेयर बजारमा उच्च अंकको गिरावट



सोमवारमा सेयर बजार ७७ अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अंकले घटेर एक हजार नौ सय १५ दशमलव ६१ विन्दुमा झरेको हो ।

सबै समूहको सेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको सेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २७ वटा कम्पनीको सेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको सेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता सेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको सेयर किनबेच भयो ।

आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested