English

सेयर बजारमा दोहोरो अंकको वृद्धि



बुधबार सेयर बजार १३.३३ अंक बढेर २०४३.९२ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ। आज २२८ स्टकको ३८ हजार ८ पटकको कारोबारमा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको ६२ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से उकालो लागेसँगै आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज तेह्रथुम पावर कम्पनी र सिभिल बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यता, स्वाभिमान लघुवित्तको शेयरमूल्य ५.६८ प्रतिशत घटेको छ भने किसान लघुवित्तको सेयरमूल्य ४.३० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ११ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिभिल बैंकको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

यो पनि…
अप्पर सोलु हाइड्रोको आईपीओ निष्काशन
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested