कर्णालीका ६० पालिकाको नतिजा सार्वजनिक (सूचीसहित)



कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । १९ पालिकाको भने मतगणना जारी छ ।

६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा एकीकृत समाजवादीले तीन पालिका जितेको छ । प्रदेशका तीन पालिकाको नेतृत्वमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । बुधबार दिउँसो १ः०० बजेसम्मको नतिजा यस्तो छ :

कांग्रेसले जितेका पालिका

१. खार्पुनाथ गाउँपालिका (हुम्ला)– कर्णबहादुर रावल
२. कुमाख गाउँपालिका (सल्यान)– मानबहादुर बुढाथोकी
३. त्रिवेणी गाउँपालिका (सल्यान)– खिमबहादुर रावत
४. भैरवी गाउँपालिका (दैलेख)– रिताकुमारी शाही
५. कनकासुन्दरी गाउँपालिका (जुम्ला) – दामोदर आचार्य
६. महाबु गाउँपालिका (दैलेख) – लक्ष्मण गुरुङ
७. ठूलोभेरी नगरपालिका (डोल्पा) – स्वर्णबहादुर बुढा
८. हिमा गाउँपालिका (जुम्ला) – लक्ष्मण शाही
९. तिलागुफा नगरपालिका (कालिकोट)– शंकरप्रसाद उपाध्याय
१०. मुगूम कार्मारोङ गाउँपालिका (मुगु) – छिरिङ क्याप्ने लामा
११. सिद्धकुमाख गाउँपालिका (सल्यान)– भरत गिरी
१२. ठाटीकाँध गाउँपालिका (दैलेख)– रक्षबहादुर शाह
१३. कुशे गाउँपालिका (जाजरकोट) – हरिचन्द्र बस्नेत
१४. बाँफिकोट गाउँपालिका (रुकुम पश्चिम) – जनककुमार बाँठामगर
१५. चामुण्डा विन्द्रासैनी नगरपालिका (दैलेख) – गणेशकुमार शाही
१६. शारदा नगरपालिका (सल्यान) – प्रकाश भण्डारी
१७. शिवालय गाउँपालिका (जाजरकोट) – शेरबहादुर शाही
१८. पातारासी गाउँपालिका (जुम्ला) – पूर्णसिंह बोहोरा
१९. छायाँनाथ रारा नगरपालिका (मुगु) – विष्णुकुमार भाम
२०. पञ्चपुरी नगरपालिका (सुर्खेत – लालविर भण्डारी
२१. बराहताल गाउँपालिका (सुर्खेत) –भीम बहादुर भण्डारी
२२. लेकबेशी नगरपालिका (सुर्खेत) –उमेश कुमार पौडेल
२३. नरहरीनाथ गाउँपालिका (कालिकोट) – नगेन्द्रबहादुर विष्ट
२४०. गुर्भाकोट नगरपालिका (सुर्खेतं) – हस्त पुन
२५. छेडागाड नगरपालिका (जाजारकोट) – रत्नबहादुर खड्का

माओवादीले जितेका पालिका

१. जगदुल्ला गाउँपालिका (डोल्पा) – नारासिङ रोकाय
२. मुड्केचुला गाउँपालिका (डोल्पा) – दत्तबहादुर शाही
३. नौमुले गाउँपालिका (दैलेख) – छविराम सुवेदी
४. ताँजाकोट गाउँपालिका (हुम्ला)– लालकेश जैसी
५. सानीभेरी गाउँपालिका (रुकुम पश्चिमं) – बिर्खबहादुर विष्ट
६. नाम्खा गाउँपालिका (हुम्ला) – प्रेमबहादुर लामा
७. पलाँता गाउँपालिका (कालिकोट) – विष्णुबहादुर रोकाया
८. भगवतिमाई गाउँपालिका (दैलेख) – गणेश थापा
९. शुभकालिका गाउँपालिका (कालिकोट)– गोविन्दप्रसाद आचार्य
१०. सिमकोट गाउँपालिका (हुम्ला) – विजय भण्डारी
११. सिंजा गाउँपालिका (जुम्ला) – पूर्णप्रसाद धिताल
१२. नलगाड नगरपालिका (जाजरकोट)) – डम्बरबहादुर रावत
१३. बनगाड कुपिण्डे नगरपालिका (सल्यान) – कर्णबहादुर बुढाथोकी
१४. त्रिवेणी गाउँपालिका (रुकुम पश्चिम) – गणेशकुमार केसी
१५. महाबै गाउँपालिका (कालीकोट) – खेमबहादुर सिंह
१६. चौरजहारी नगरपालिका (रुकुम पश्चिम) – पुष्प बादी
१७. आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) – रबि के.सी.
१८० दार्मा गाउँपालिका ९सल्यान० –निम बहादुर केसी

एमालेले जितेका पालिका

१. शेफोक्सुण्डो गाउँपालिका (डोल्पा)– धावा सम्डुङ गुरुङ (निर्विरोध)
२. गुराँस गाउँपालिका (दैलेख) – टोपबहादुर बिसी
३. डुङ्गेश्वर गाउँपालिका (दैलेख)– सुन्दरकुमार केसी
४. नारायण नगरपालिका (दैलेख) – लोमन शर्मा
५. जुनीचाँदे गाउँपालिका (जाजरकोट) – बेदबहादुर शाही
६. चिङ्गाड गाउँपालिका (सुर्खेत) – बोधविक्रम जिसी
७. भेरी नगरपालिका (जाजरकोट) – सिपी घर्ती
८. त्रिपुरासुन्दरी नगरपालिका (डोल्पा) – जुनचन्द्र रोकाय
९. कालिमाटी गाउँपालिका (सल्यान) – दानबहादुर केसी
१०. छत्रेश्वरी गाउँपालिका (सल्यान) – ओज बहादुर बुढाथोकी
११. आठविस नगरपालिका (दैलेख) – तर्क बहादुर बडुवाल

एकीकृत समाजवादीले जितेका पालिका

१. काइके गाउँपालिका (डोल्पा)– अंगतकुमार राना (निर्विरोध)
२. छार्काताङसोङ गाउँपालिका (डोल्पा)– सेनाङ गुरूङ (निर्विरोध)
३. कपुरकोट गाउँपालिका (सल्यान)– दुर्गा पुन

स्वतन्त्र उम्मेदवार

१. खाँडाचक्र नगरपालिका (कालीकोट)– कमलबहादुर शाही
२. सान्नी त्रिवेणी गाउँपालिका (कालीकोट)– मोहनबहादुर केसी
३. चन्दननाथ नगरपालिका (जुम्ला)– राजुसिंह कठायत

यो पनि…
४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?
बालेन शाहको अग्रता दोब्बर, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित




...
frieftKar

IГў m trying to get a win for these guys, but you know, itГў s tough generic 5 mg cialis

...
rogeKneep

Tell your doctor right away if you have any serious side effects, including fainting, symptoms of a high potassium blood level such as muscle weakness, slow irregular heartbeat, signs of kidney problems such as change in the amount of urine viagra and cialis online I m shook right now and before you can call me a dumbass I am

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई