संसारलाई खेती गर्न सिकाउने देश



सुशील ढुंगाना ।

आधुनिक वा वैज्ञानिक कृषि प्रणालीको प्रसंग आउँदा इजरायलको नाम सबैभन्दा अगाडि आउँछ । छोटो समयमा कृषिजन्य उत्पादनमा उदाहरण बनेको इजरायल वास्तवमा नै आधुनिक विश्वको नमूना नै बनिसकेको छ ।

एउटा अनौठो विषयवाट कुरा सुरु गरौं, इजरायलमा कृषि कर्मका लागि आवश्यक पानी सरकारसँग खरिद गर्छन् किसान । यस बर्ष कति पानी चाहिन्छ भनेर किसानले अग्रिम रूपमा फारम भर्नुपर्छ । सोही मुताबिक सरकारले शुल्क लिएर पानीको व्यवस्था गरिदिन्छ । किनभने इजरायल पानीको हाहाकार हुने देश हो ।

भनिरहनु पर्दैन कि, इजरायलमा पानीको निक्कै ठूलो खडेरी छ । त्यही भएर पनि हुन सक्छ, उसले खान र सिँचाई गर्न प्रयोग भइसकेको पानीलाई रिसाईक्लिन प्रविधिबाट पटक–पटक प्रयोगमा ल्याउँछ । इजरायलको सिँचाई प्रविधि विश्वमै सर्वश्रेष्ठ मानिन्छ ।

इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नै मरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो ।

इजरायलले पानीको प्रयोगलाई समेत कम्प्युटर प्रणालीबाट नियन्त्रित गर्दछ । उसले स्याटेलाईटबाटै कुन बोटबिरुवालाई पानीको अभाव छ ? कुनलाई बढी भयो ? वा कुन बोटबिरुवा बिरामी छ ? भन्ने सम्मको जानकारी प्राप्त गर्ने प्रविधि विकास गरेको छ । सोही प्रविधिको आधारमा बोटबिरुवा पहिचान गरेर पानी वा आवश्यक सामग्री पुर्याएर समस्याको समाधान गर्छ । पानीको चरम अभाव भएकै कारण इजरायलले थोपा सिँचाईको अवधारणा पनि विकास गरेको छ ।

थोपा सिँचाई विधिले पानीको ९० प्रतिशत अंशलाई प्रयोगमा ल्याउँदछ भने १० प्रतिशत मात्रै खेर जान सक्दछ । हाम्रो जस्तो सिँचाई प्रणालीमा ठ्याक्कै उल्टो हुन्छ, १० प्रतिशत उपयोग र ९० प्रतिशत अनावश्यक । इजरायलले विकास गरेको थोपा सिँचाई प्रविधिले नै मरुभूमिजस्तो देशमा सिँचाई सम्भव भएको हो । तर, इजरायलमा जस्तो हाम्रोमा वैज्ञानिक विधिबाट पानीको सही र सन्तुलित प्रयोग गरिंदैन । बर्षात् र खडेरी अथवा सुख्खा याम र सुख्खा ठाउँको लागि पानी भएको ठाउँबाट ल्याएर वा डाईभर्सन अथवा लिफ्ट प्रविधिको प्रयोग गरेर आपूर्ति सहज पारिदैन ।

मरुभूमिजस्तो एउटा सानो यस देशले भारत र चीनजस्ता संसारकै ठूला देशलाई समेत आधुनिक कृषि प्रविधि बेच्दछ र कृषिकर्म सिकाउँछ ।

इजरायलमा ब्यक्तिगत र सामूहिक गरी दुई हिसावमा कृषि प्रणाली कायम छ ।

सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै छ ।

इजरायल र नेपालको विपरित विशेषता

नेपालको ठ्याक्कै पाँच नम्बर प्रदेश जत्रो छ इजरायल । अर्थात् २२ हजार १ सय ४५ हजार बर्ग किमि क्षेत्रफल मात्रै छ । नेपालको कुल क्षेत्रफलभन्दा झण्डै सात गुणा सानो छ, इजरायल ।

सन् २०१८ को जनगणनाअनुसार इजरायलको जनसंख्या नेपालको भन्दा दुई तिहाई कम अर्थात् ८८.८६ लाख मात्रै छ ।

इजरायलमा कुल क्षेत्रफलको आधाभन्दा बढी भू–भाग मरुभूमि छ । केवल २० प्रतिशत भू–भाग अर्थात् ४ लाख ४० हजार हेक्टर जमिन मात्रै कृषिको लागि योग्य छ । त्यसमध्ये पनि मात्रै ३ लाख ६० हजार हेक्टर जमिन कृषिको लागि प्रयोग गरिन्छ । नेपालको भू–भागसँग दाँज्ने हो भने डोल्पा जिल्लाको करिब आधा भाग जतिमा मात्रै कृषि कर्म गरिन्छ, इजरायलमा ।

अझ उदेक लाग्दो कुरा त के छ भने कृषि प्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन । यो तथ्य कृषिगणना २०६८ मा उल्लेख छ ।

इजरायलमा ९७.८८ प्रतिशत जमिन र २.१२ प्रतिशत पानी छ । जबकि नेपालमा ९२.९४ प्रतिशत जमिन ७.०६ प्रतिशत पानी छ ।

इजरायलमा मात्रै ३.७ प्रतिशत कृषकले गरेको कृषि कर्मबाट देशलाई चाहिने कृषि उपजको मागको ९५ प्रतिशत पुरा गरेर ८० प्रतिशत कृषि उपज विदेश निर्यात हुन्छ । यसबाट उसले बार्षिक अर्बौ डलर कमाइ गर्छ । नेपालमा भने ८३ प्रतिशत किसानले गरेको कृषि कर्मबाट पनि देशलाई चाहिने माग पुरा नभएर बर्षेनी २ खर्ब २० अर्बको कृषि उपज आयात गर्नुपर्छ । अझ उदेक लाग्दो कुरा त के छ भने कृषि प्रधान देशका हामी ६० प्रतिशत किसानलाई आफ्नो उत्पादनले बर्षभरि खान नै पुग्दैन । यो तथ्य कृषिगणना २०६८ मा उल्लेख छ ।

नेपाल कृषि प्रधान देश हो । राष्ट्रिय जनगणना २०६८ बमोजिम नेपालमा कुल परिवार संख्या ५४ लाख २७, हजार ३०२ छ । यसमध्ये ३८ लाख ३१ हजार परिबार कृषक छन् । यहाँ इजरायल भन्दा ७ गुणा बढी अर्थात् २५,२५,००० हेक्टर जमिनमा कृषि कर्म गरिन्छ । उक्त क्षेत्रफलमध्ये ९५ प्रतिशत भूमिमा बार्षिक खेती गरिन्छ भने ५ प्रतिशतमा स्थायी खेती गरिन्छ । कृषि क्षेत्रबाट कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत बराबरको योगदान रहेको छ । देशका ६५ प्रतिशत नागरिकलाई कृषि क्षेत्रले रोजगारी दिएको तथ्याङ्कले देखाउँदछ । गणनाले ८३ प्रतिशत कृषकको मुख्य आयको स्रोत पनि कृषि नै रहेको औँल्याएको छ ।

इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक छ । हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ता आवश्यक हरेक सामर्थ्य मौजुद र पर्याप्त छ ।

निष्कर्ष

वास्तवमा इजरायल कृषिको लागि बनेको ठाउँ नै होइन । यहाँको प्रकृति कृषिको लागि पूर्ण रूपमा प्रतिकुल छ । पानीको चरम अभाव छ । त्यसमाथि युद्धले थिलथिलो भएको देश हो, इजरायल । जसको वरिपरि मित्र कम र शत्रु ज्यादा छन् । कृषि कर्मको लागि छोडिदिनुस्, इजरायलले हरेक क्षण युद्धको त्रासमा बाँच्नु पर्दछ । तथापि त्यहाँ एउटा कृषिमा मात्रै हैन, विज्ञान, प्रविधिजस्ता धेरै बिषयमा चमात्कारिक प्रगति छ ।

इजरायली कृषि प्रविधिलाई हाम्रो देशमा उतार्न आवश्यक छ । हाम्रो भूगोलमा कृषिको लागि सहज श्रम, अनूकुल माटो, पानीजस्ता आवश्यक हरेक सामर्थ्य मौजुद र पर्याप्त छ ।

त्यसैले, कृषिको लागि किसानलाई सित्तैमा पानि नदिने तर बेचेको पानीले फलाएको कृषि उपज विदेश निर्यात गरेर अर्बौ डलर कमाउने मरुभूमितुल्य एउटा सानो देश इजरायलबाट हाम्रो कृषिले धेरै कुरा सिक्न जरुरी छ ।

लेखक ढुंगाना आधुनिक कृषि ज्ञान केन्द्र तीनकुने, काठमाडौंका सञ्चालक हुन् ।

[email protected] 9851199132



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा

नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन

उचित काम र जीवनबीच सन्तुलन खोज्नु हामीकहाँ कुनै नौलो विषय होइन । तर, कोभिड-१९ महामारीले यी दुई पक्षबीच तनावको स्थिति

सन् २०२० को एक तथ्यांक अनुसार करिब १६ लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा प्रत्येक दिन झण्डै १२ लाख सवारी साधन