English

११ करोड ७८ लाख रुपैयाँ बराबरको आईपीओ आउँदै, कुन-कुन कम्पनीले खुलाउँदैछन् ?



धितोपत्र बजारमा फेरि ११ करोड ७८ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) आउने भएको छ । दुई वटा लघुवित्त कम्पनी अभियान र आत्मनिर्भरले कुल ११ करोड ७८ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ७८ हजार ३८० कित्ता आईपीओ जारी गर्ने भएका हुन् । यी दुई लघुवित्तले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

निवेदन अनुसार अभियान लघुवित्तले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न बोर्डसँग माग गरेको छ ।
यस्तै, आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आइपीओका लागि अनुमति मागेको छ । अभियान लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने आत्मनिर्भर लघुवित्तको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले अनुमति दिए यी दुई कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउने छन् ।

यो पनि…
शेयर बजारमा इतिहास कायम भएको वर्ष
पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाउँदै जानु नै उत्तम विकल्प



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested