English

सञ्चालनको तरखरमा रहेको भैरहवा विमानस्थलमा अचानक आगलागी भएपछि…



निर्माण सम्पन्न भई सञ्चालनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझ ७ बजेर १४ मिनेटमा हिले विमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाइन्सको ए ३३० को फलाइट मुकु १८१ को विमान आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भयो ।

साइरन बजाउँदै दमकलहरू दौडन थाले, विमानस्थलमै रहेको एम्बुलेन्स पनि हुइकिँदै घटनास्थलतर्फ लाग्यो । विमानस्थलभित्र अप्रिय घटना घट्यो भन्दै एयरपोर्ट वरिपरिका मानिसहरुले आत्तिए । विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा विमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो ।

उता आगलागीलाई उद्दार तथा अग्नी निवारण शाखाको अग्निनियन्त्रक, नेपाली सेना, नेपाल प्रहरीले आगो नियन्त्रणमा लिँदै थिए ।

विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो ।

दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइतेमध्ये ४५ जना सिक्स्तलाई तत्काल एम्बुलेन्स बाट युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल र सिटी अस्पताल पुर्याइएयो ।

यी सबै घटना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा नमुनाको रूपमा आगलागी नियन्त्रण अभ्यासका लागि गरिएको थियो ।

सञ्चालनको तयारीमा रहेको विमानस्थलमा भैपरी आउने भन्दै पहिलोपटक रात्रीकालीन समयमा फुल स्केलमा अभ्यास गराइएको विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दाहालले बताए ।

विमानस्थलमा अग्निनियन्त्रक तर्फ २५ जना कार्यरत छन्, विमानस्थलमा दुर्घटना भए त्यसको तयारी के कस्तो छ कमीकमजोरीको पहिचान गर्न पनि यो अभ्यास गरिएको सह–महाप्रबन्धक प्रदीप अर्यालले भने । अभ्यासका लागि गराइएको परिकल्पना सहितको यो दुर्घटना पनि आपतकालीन उद्धार के कसरी गर्ने भनि गरिएको अभ्यास होे ।

प्रत्येक २ वर्षमा यस्तो फुल स्केलमा अभ्यास गराउनुपर्छ । विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरितो बनाउन गौतमबुद्ध विमानस्थलमा आपतकालीन उद्धारमा सरोकारवालाहरूको सक्रियतालाई व्यावहारिक रूपमै अभ्यासमार्फत सचेत गराउन र आफू कसरी प्रस्तुत हुने भनि देखाउन अभ्यास गराइने गरिएको छ ।

मापदण्डमा रहेर उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी आपतकालीन अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक दाहालले जानकारी दिए । उद्वार तथा अग्नि निवारणको पहिलो उद्देश्य र प्राथमिकता नै पहिलो ज्यान बचाउने, धनजनको सुरक्षा र सेवा दिने भएकोले कसैको जिवन रक्षाका लागि सदैव तयारी अवस्थामै रहेर दुर्घटना न्यूनीकरणमा पहिलो भूमिका खेल्दै आएको बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार गरिएको आपतकालीन अभ्यासमा विमानस्थलमा फायर फाइटर, नेपाली सेना, नेपाल प्रहरी, विमानस्थल सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, एयरलाइन्सका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यो पनि
क्यालिब्रेसन फ्लाइटले ल्यायो खुसीयाली
उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली