English

क्रिकेट फाइनलः नेपाल टस हारेर ब्याटिङ गर्दै



त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

फाइनल खेलमा नेपालको टोलीमा एक परिवर्तन भएको छ । यसअघि टोलीमा रहेका कमलसिंह ऐरीको स्थानमा सोमपाल कामीले खेल्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्‍यो।

नेपालले शृंखलाको लिग चरणमा सत प्रतिशत जितसहित फाइनलको टिकट काटेको थियो । यस्तै, पिएनजीले भने तीन हार र एक जितसहित फाइनलमा स्थान बनाएको हो ।

नेपाल सन्दीप लामिछानेको कप्तानीमा पहिलो शृंखला जित्ने योजनामा छ ।

यो पनि
मलेसियालाई जित्नै पर्ने दबाबमा नेपाल
विश्वकप : कुन देश कुन समूहमा ? [तालिका]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का