English

वर्डफ्लु संक्रमण तीव्र



उदयपुरको ताप्ली गाउँपालिकामा वर्डफ्लु भेटिएको छ । उदयपुरमा पहिलोपटक बर्डफ्लु भित्रिएको हो । ताप्ली गाउँपालिका वडा नं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो । १ हजार ६ सय बढी कुखुरा मरेका छन् ।

केही दिनअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा.अजय साहले जानकारी दिए ।

त्यस क्षेत्रमा १ हजार ६२५ पन्छी मरेको साहले बताए । कुखुरा मरेका जानकारी पाए लगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको साहले बताए । भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको स्थानीयबासीको आशंका रहेको छ ।

भारतीय बजारबाट कटारी बजार हुँदै मार्केटिङका १५ दिन अघि थारो लिर्यस र बोइलर कुखुरा बिक्रीका लागि लगिएको स्थानीयबासीले जानकारी दिएको साहले बताए । ५ हजार पन्छी नष्ट गरिने साहले बताए ।

यो पनि…
राजयोगमा मनाइँदै महाशिवरात्रि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested