English

पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि २१ गतेसम्म



पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) हुने भएको भएको छ । आगामी चैत १७ देखि २१ गतेसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा महोत्सव हुने भएको हो ।

यसअघि, चैत १० देखि १४ गतेसम्म हुने भएकोमा प्राविधिक कारणले मिति परिवर्तन गरिएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

‘गतवर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोना महामारीका कारण भर्चुअल भएको थियो, यसपालि पनि त्यही तयारी थियो,’ पाठकले भने, ‘तर, कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरूलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि हामीले भौतिक रूपमा गर्न गइरहेका छौँ ।’

महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको सात वटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने पाठकले बताए ।

‘यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुको साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ,’ उनले भने, ‘निफ–२०२२ पनि अघिल्ला संस्करणझैं राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक सशक्त फिल्म उत्सव बन्नेमा हामी विश्वस्त छौँ ।’ त्यसका साथै महोत्सव अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरूको सहभागितामा विविध विधामा कार्यशाला, अन्तक्र्रिया र छलफलका कार्यक्रमसमेत सञ्चालन हुने जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested