English

डब्ल्यूएचओको नयाँ रिपोर्ट : के वुहानबाटै फैलियो त कोरोना ?

कोरोना भाइरस मानिसमा कसरी फैलियो ?


कोरोना भाइरस (कोभिड-१९) मानिसमा कसरी फैलियो ? गत एक वर्ष यता यस बारेमा बहस जारी छ । यसबीचमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को टीमको तर्फबाट एक दाबी आएको छ । डब्ल्यूएचओका विशेषज्ञहरूले कोरोना भाइरस चमेरोबाट कुनै अर्को जनावर हुँदै मानिसमा सरेको हुन सक्ने सम्भावना रहेको बताएका छन् । साथै विशेषज्ञहरूले यो भाइरस चीनको प्रयोगशालाबाट भने लिक नभएको बताएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विभिन्न देशहरुले चीनबाटै कोरोना भाइरस फैलिएको आरोपलाई उनीहरुले खारेज गरेका हुन् ।

भाइरसको ओरिजनमा दाबी र डब्ल्यूएचओका विशेषज्ञको राय

१. अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान प्रयोगशालाबाटै लिक भएको आरोप लगाएका थिए । अहिले उनको उक्त आशंकालाई डब्ल्यूएचओका विशेषज्ञहरूले खारेज गरेका हुन् ।

२.चीनले पहिला पनि भाइरसको ओरिजन आफ्नो देशमा नभएको बताइसकेको थियो । तर त्यहाँ इम्पोर्टेड फ्रोजन फूडको माध्यमबाट पुगेको बताइएको छ । विशेषज्ञहरूले यो सम्भावनाबाट इन्कार नगरे पनि यसको असर धेरै रहेको बताएका छन् ।

डब्ल्यूएचओले भन्यो, भाइरसको ओरिजनमा अन्य स्टडी आवश्यक

विशेषज्ञहरूको टीमले भाइरस मानिससम्म कसरी आयो भन्ने कुराको धेरै प्रमाण भने दिएका छैनन् । डब्ल्यूएचओको टीम कोरोना भाइरसको ओरिजन पत्ता लगाउनको लागि चीन गएको थियो । यस बारेमा मंगलवार डिटेलमा रिपोर्ट जारी गर्नेछ । डब्ल्यूएचओको प्रमुख निर्देशक टेड्रोस एडहेनम घेब्रेयेससले आज जाँचमा के पाइएको छ भन्ने कुरा प्रेस कन्फ्रेन्स मार्फत् बताउने छन् । साथै कोरोना भाइरसको ओरिजनको लागि अझै स्टडी गर्नुपर्ने उनले बताएका छन् ।

कोरोना भाइरसका कारण १५ महिनामा विश्वभरमा २८ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । संक्रमणका कारण गत एक वर्ष पूरा विश्वमा लकडाउनको अवस्था थियो । यसलाई लिएर अझै पनि केही देशमा लकडाउन जारी छ । लकडाउनका कारण नेपालसहित विभिन्न देशहरुको अर्थतन्त्रमा गम्भीर असर परेको छ ।

डब्ल्यूएचओको अनुसन्धानलाई लिएर चीनले जनाएको थियो आपत्ति

चीनमाथि विश्वभरमा कोरोना भाइरस फैलाएको आरोप लागेको थियो । चीनको वुहान ल्याबबाट यो भाइरस फैलिएको बताइएको थियो । त्यसपछि डब्ल्यूएचओले जाँचको लागि आफ्नो एक टीम बनाएर पठाएको थियो । तर चीनले यसमा आपत्ति जनाएको थियो । यसै कारण पनि विशेषज्ञहरूको रिपोर्ट आउन ढिला भएको थियो । अनुसन्धान गर्न गएको टीमले वुहानमा इन्ट्रीका लागि पनि धेरै समस्या झेलेको थियो । यो टीम यसै वर्षको १४ जनवरीमा वुहान पुगेको थियो ।

विश्वमा अहिलेसम्म १२ करोड ८२ लाखलाई कोरोना संक्रमण

अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण २८ लाख ४ हजार ३७६ जनाको मृत्यु भएको छ भने, १२ करोड ८२ लाख ४२ हजार ७४७ जनालाई संक्रमण भएको छ । त्यस्तै विश्वमा १० करोड ३४ लाख ६२ हजार ३१९ जना संक्रमण मुक्त भएका छन् भने ९४ हजार ८०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तो छ नेपालको अवस्था

नेपालमा अहिलेसम्म २ लाख ७६ हजार ९८० जनालाई कोरोना संक्रमण भएको छ भने ३ हजार २७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २ लाख ७२ हजार ६१२ जना संक्रमण मुक्त भएका छन् भने १ हजार ३४१ जना उपचाररत छन् । नेपालमा छिमेकी देशमा देखिएको नयाँ भ्यारिएण्टका कारण पछिल्लो समय स्वास्थ्यका मापदण्डमा सरकारले कडाइ गरेको छ । साथै नेपालमा कोरोना भाइरसको संक्रमण पनि केही समय पहिलेको तुलनामा बढिरहेको छ । यो आईतवार नेपालमा ८९ जनामा कोरोना संक्रमण देखिएको थियो भने (हिजो) सोमवार नेपालमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्तालयले जनाएको छ । विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउन शुरु गरेपनि अझै यसमा नियन्त्रण हुन सकेको छैन । नयाँ प्रकारको कोरोना भाइरस फैलिरहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,