English

तराईदेखि पहाडसम्म छठ पर्वको रौनक



‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ । 

यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका  लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ । लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् रूपमा सुरु भएको छ । 

चार दिने छठ पर्वको पहिलो दिन सोमबार श्रद्र्धुभक्तजनहरूले नुहाई खाई गरेका छन् । दोस्रो दिन मंगलवार राति खरना, तेस्रो दिन बुधबार अस्ताउँदै गरेको र बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई यो पर्व सम्पन्न हुनेछ । जनकपुरका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीमा घाट निर्माण गरिएको छ । 
 
आस्थाको पर्व

छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँशी तिथि लागेसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन् ।  तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरू लसुन, प्याज, उसिना चामलको भातबाहेक शुद्ध शाकाहारी खाना, खीर, दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खरना भनिन्छ । षष्ठीका दिन व्रत बसिन्छ र व्रत बस्नेहरूले अन्नजल ग्रहण गर्दैन् ।

छैठमा लागि भुस्वा, ठेकुवा, लड्डुलगायत परिकार बनाएर त्यसलाई बाँसको डालोमा राखी सूर्य अस्त हुनुभन्दा अगावै नदी वा पोखरीमा छठ पूजा गर्छन् । करिब ४० घण्टासम्म भोकै बस्ने व्रतालुले घण्टौँसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ दिन्छ । 

लोकप्रिय हुँदै छठ पर्व

केही दशकअघि नेपालको तराई र भारतको विहार, उत्तर प्रदेशलगायतका राज्यमा धुमधामका साथ मनाइने छठ पर्व यतिबेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरूमा मनाइने गरिन्छ । 

छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशीले बताउँछन् । छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरूको पर्व  भनेर व्यख्या गर ेपनि यो पर्व हरेक वर्गको पर्व रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘हिन्दुहरूको हरेक पर्वोत्सवहरूका ईश्वरको साक्षीको रूपमा कुनै न कुनै देवीदेवउताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मूर्ति बनाएर पूजापाठ गर्ने चलन छ । तर,  छठ पर्वमा त्यस्तो केही हुँदैन । यसमा विशुद्ध रूपमा प्रकृतिको पूजा हुन्छ ।  छठीमाता र सूर्य दुवैको पूजा एकसाथ गरिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा भागवत पुराणमा वर्णन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested