English

यी हुन् आङ खस्नुका कारण र लक्षण, कसरी बच्ने ?



महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर (आङ) खस्ने मुख्य समस्या हो । महिलाहरुको पाठेघर खस्ने र पाठेघर सम्बन्धि समस्या बिशेषगरि ग्रामीण क्षेत्रमा बिकराल स्थिति छ । आङ खस्ने कारणहरु के–के हुन् ? र, बच्ने उपायको बारे स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. चन्द्र शोभा अमात्यको सुझाव यस्तो छ:

आङ खस्नु भनेको के हो ?

पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर खुकुलो भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ तन्तुहरुले पाठेघरलाई साथ छोडेपछि पाठेघर बाहिर आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ ।

कारण

– कम उमेरमा विवाह, गरिबी, अशिक्षा, प्रजनन अंगबारे पूर्ण जानकार नहुँदा
– ग्रामीण भेगमा छिटो–छिटो बच्चा जन्माउनु
– गर्भवती अवस्थामा भारी सामान उचाल्नु
– सुत्केरीमा उचित स्याहार–सुसार नपाउनु
– कब्जीयत हुनु
– असुरक्षित गर्भपतन गराउनु
– सुत्केरी पछि आराम नपुग्नु
– वंषाणुगत


लक्षण


– ढाड कम्बर तथा सानो पेट दुख्ने
– टुक्रुक्क बस्दा कठिनाई हुने
– दिसा पिसाब गर्न गाह्रो हुने
– पिसाब छिटोछिटो लाग्ने
– योनीमा केही निस्केर बसेको जस्तो महसुस हुने
– योनीबाट सेतो पानी बग्नु

बच्ने उपाय


– सानै उमेरमा बच्चा नजन्माउने
– गर्भवती महिलाले गरुङ्गो भारी अथवा सामान नउठाउने
– गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खाने
– गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार सुसार गर्ने
– पाठेघर सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिने

उपचार

– आङ खस्ने समस्याको अवस्था हेरेर यसको उपचार गरिन्छ । यदि पाठेघर अलिकति मात्र तल खसेको छ भने गुप्तांगमा रिङ पेसरीको माध्यमबाट झरेको पाठेघरलाई भित्रै अड्याइन्छ ।
– समस्या सामान्य छ वा पहिलो चरणमै छ भने सामान्य व्यायाम गराएर पनि उपचार गराउन सकिन्छ ।
– पाठेघर योनीबाट बाहिरै निस्किसकेको भए शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested