English

दाँतलाई किरा लाग्नबाट कसरी जोगाउने ?



सफा दाँतले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले दाँतलाई सफा राख्न अत्यन्तै जरुरी हुन्छ । यदि दाँत सफा भएन भने विभिन्न समस्या देखिन्छ । त्यसमध्ये किरा लाग्नु पनि एक प्रमुख समस्या हो । दाँतलाई किरा लाग्नबाट कसरी बचाउने भन्ने विषयमा दन्त रोग विशेषज्ञ डा. श्यामकुमार महर्जनको सुझाव यस्तो छ :

दाँत किराले किन खान्छ ?

खानेकुराहरू खाएपछि दाँत नमाझिकन या कुल्ला नगरी छोड्ने बानीले दाँतमा किराले खाने रोग बढेको छ । गुलिया खानेकुरामा दाँतमा जम्मा भएपछि व्याक्टेरिया निस्कन्छ र दाँत किराले खान्छ । त्यस्ता खानेकुरा टाँसिइरहेपछि एसिड निकाल्छ र त्यही वृद्धि भएर दाँत किरामा किरा लाग्ने समस्या निम्तिन्छ ।

लक्षण

दाँतमा कालो दाँग देखिएमा दाँतमा किरा लागेको हुन सक्छ । गुलियो, तातो र चिसो खानेकुरा खादा दाँत सिरिङ्ग गरेमा वा दुखेमा पनि दाँत किराले खाएको हुन सक्छ । त्यसैले यस्ता केही समस्या देखिने बित्तिकै दन्त चिकित्सकको सल्लाह लिनु पर्छ ।
सुरुमै समस्या पत्ता लाग्यो भने त्यसको उपचार पनि सहज हुन्छ । तर, हेल्चेक्राईँ गरेर बस्दा समस्या धेरै बढ्न सक्छ र दाँत नै निकाल्नु पर्ने अवस्था पनि आउँछ ।

बच्ने उपाय

– दाँत किराले खानु वा बिग्रिनुको मुख्य कारण दाँतको स्याहार नगरेर हो । दैनिक रूपमा बिहान–बेलुका दाँत सफा गर्ने गरेमा किराले खाँदैन ।

– फ्लोराइडयुक्त दन्तमन्जनले दिनमा दुईपटक दाँत सफा गर्ने तथा खाना खाएपछि पानीले राम्ररी कुल्ला गर्ने ।

– गुलियो खाने कुराहरू जस्तै, चिनी, चकलेटको प्रयोग काम गर्ने ।

– वर्षमा दुईपटक दन्तचिकित्सकलाई दाँत देखाउने ।

– ब्रस गर्दा दाँतमा अड्किएको सबै खानेकुरा बाहिर ननिस्किएको हुन सक्छ त्यसैले दाँतलाई डेन्टल फ्लसको प्रयोग गरेर सफा गर्नु पर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested