English

भेरोसेलको दोस्रो मात्रा आजदेखि लगाउन सुरु, काठमाडौंमा कहाँ–कहाँ छन् खोप केन्द्र ?



सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा आजदेखि ज्येष्ठ नागरिकलाई लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारबाट देशभरका ३ हजार ९ सय खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ ।

काठमाडौँमा ३२ सहित उपत्यकामा ४७ खोपकेन्द्र छन् । खोप बिहान १० देखि अपरान्ह ४ बजेसम्म मन्त्रालयले तोकेको खोप केन्द्रबाट प्रदान गरिने छ । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले करिव पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गर्न थालिएको जानकारी दिए ।

खोप अभियान असार २२ देखि २४ गतेसम्म सञ्चालन हुने छ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइनेछ । खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९ सय ५४ जनाले दोस्रो र २६ लाख ११ हजार ८ सय ७ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

काठमाडौंमा कहाँ–कहाँ छन् खोप केन्द्र ?

काठमाडौँ महानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ । कामपाका शहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले आफूलाई पायक पर्ने अस्पतालमा पुगेर खोप लगाउनु पर्नेछ ।

त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ । पहिलो मात्र लगाउने बेला कामपाले ३२ वटा खोप केन्द्रबाट कार्यक्रम सञ्चालन गरेको थियो । भीड कम गर्नका लागि भन्दै प्रत्येक दिन एक उमेर समूहलाई मात्र खोप लगाएको थियो ।

यसअघि स्वास्थ्य सेवा विभागले सार्वजनिक सूचना जारी गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको थियो ।

त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार कामपासहित जेठ २ गतेदेखि काठमाडौँ जिल्लामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइएको थियो ।

जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप करिव एक लाख व्यक्तिले लगाएका थिए । त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन् ।

काठमाडौं महानगरपालिकाको हकमाः

१. चि. वि. रा. प्र., बीर अस्पताल, रत्नपार्क
२. त्रि. वि. वि., शिक्षण अस्पताल, महाराजगञ्ज
३. निजामती कर्मचारी अस्पताल, बानेश्वर
४. शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली
६. जनमैत्री अस्पताल, बालाजु
७. नेपाल प्रहरी अस्पताल, लाजिम्पाट
८. श्री बीरेन्द्र सैनिक अस्पताल, छाउनी
९. शंकरापुर अस्पताल, जोरपाटी
१०. हिमाल अस्पताल, ज्ञानेश्वर
११. ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहील
१२. क्षेत्रपाटी निःशुल्क चिकित्सालय

कागेश्वरी मनोहरा नगरपालिका

१. मुलपानी नगर अस्पताल
२. आलापोट स्वास्थ्य चौकी

तारकेश्वर नगरपालिका

१. धर्मस्थली स्वास्थ्य चौकी
२. मनमैजु स्वास्थ्य चौकी

दक्षिणकाली नगरपालिका

१. शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकाली

कीर्तिपुर नगरपालिका

१. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र
२. विष्णु देवी अस्पताल

बुढानीलकण्ठ नगरपालिका

१. बुढानीलकण्ठ स्वास्थ्य चौकी
२. करुणा अस्पताल, चुनिखेल

गोकर्णेश्वर नगरपालिका

१. नेपाल मेडिकल कलेज
२. शंकरापुर अस्पताल

टोखा नगरपालिका

१. ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
२. अल नेपाल अस्पताल

नागार्जुन नगरपालिका

१. रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, रामकोट
२. इचंगुनारायण स्वास्थ्य चौकी, इचंगुनारायण

चन्द्रागिरी नगरपालिका

१. सतुंगल स्वास्थ्य चौकी
२. सशस्त्र प्रहरी अस्पताल

शंखरापुर नगरपालिका

१. लप्सीफेदी स्वास्थ्य चौकी
२. साँखु स्वास्थ्य चौकी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested