English

एक साता थपियो निषेधाज्ञा, सार्वजनिक यातायातमा जोर–बिजोर



काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थपिएको छ । सोमबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार १५–२१ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।

निषेधाज्ञालाई अझै खुकुलो बनाइएको छ । यसअघि निजी सवारी साधन जोरबिजोर प्रणालीबाट सञ्चालन भएका थिए भने १५ गतेबाट सार्वजनिक यातायात पनि सूचारु गर्ने निर्णय भएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

‘काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा सार्वजनिक यात्रु बाहक सवारीसाधन जोर बिजोर प्रणालीमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको हो,’ उनले भने, ‘सार्वजनिक सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्नु वा गराउनुपर्ने छ ।’

खाद्यान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल तरकारी पसल र स्टेशनरी पसललाई साँझ ६ बजेसम्म खोल्न दिइने निर्णय भएको छ । अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेन्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयद्धारा जारी आदेशमा उल्लेख छ ।

सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७ बजेसम्म सञ्चान गर्न पाइनेछ । यसैगरी, विवाह तथा व्रतवन्धको हकमा बढीमा १५ जनासम्म उपस्थित हुन पाइने छ ।

तर, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल सञ्चालन गर्न पाइँदैन । त्यस्तै, मनोरञ्जन स्थल, सैलून, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने कार्यक्रम पनि सञ्चालन गर्न नपाइने आदेशमा जनाइएको छ ।

त्यसैगरी, शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन तथा परीक्षाहरु सञ्चालन गर्न नपाइने प्रजिअ पराजुलीले जानकारी दिए ।

यस्तो छ निषेध आदेश :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested