English

रचना रिमालका ५ अनौठा फ्यान



सेलिब्रेटी र कलाकारका लाखौं (फ्यान) प्रशंसक हुन्छन् । यिनै फ्यानमध्येका केहीको व्यवहार भने अचम्मको हुन्छ । कहिलेकाहीँ तिनै फ्यानले आफ्नो सीमा नाघेर उत्पट्याङ काम गर्छन्, यसले सेलिब्रेटीहरुलाई अप्ठ्यारोमा पार्छ ।

गायिका रचना रिमालका नचिन्ने सायदै होलान् । उनले गाएको हरेक गीतलाई दर्शकले धेरै मनपराईरहेका छन् । उनको फ्यान फलोइङ पनि धेरै छ । आफ्ना अनौठा ५ फ्यानलाई उनी यसरी सम्झिन्छिन् ।

महोत्सवमा स्टेजमा चढेर फूल दिने

एक पटक सिमरा महोत्सवमा गीत गाउँदै गर्दा एक जना फ्यानले स्टेजमा चढेर गुलाबको फूल दिएका थिए । ती फ्यान मलाई अनौठो लागे । धेरै सुरक्षाकर्मीहरुले उनलाई रोक्न खोजेका थिए तर उनी स्टेजमा चढेर मलाई गुलाबको फूल दिएका थिए ।

घरमै भेट्न आउने

सपोर्ट र माया गर्ने फ्यानहरु त धेरै छन् । तर, एक जना फ्यान मलाई भेट्न घरमै आएका थिए । घरमै आएर म तपाईको ठूलो फ्यान हुँ भन्दा अनौठो लागेको थियो । महोत्सव र कार्यक्रम तिर भेट्नु त सामान्य हो तर उनी मलाई घरमै भेट्न आएका थिए ।

हात सामाएर प्रेम प्रस्ताव राख्ने

मोरङको एउटा कार्यक्रममा जादाँ एक जना फ्यानले हात मिलाउन खोजे मैले पनि हात मिलाएँ, तर हात समाएर उनले प्रेम प्रस्ताव राखे । प्रेम प्रस्ताव राखेर उनी एकैछिनमा कता हराए थाहै भएन, एकछिन पछि हेर्दा उनी त्यहाँ थिएनन् ।

धेरै टाढाबाट भेट्न आएको

अनौठा फ्यानहरुलाई सम्झँदा एक जना फ्यानलाई पनि सम्झन्छु। सिमाराकै महोत्सवमा नै मलाई भेट्न टाढाबाट आएका थिए । मलाई भेट्नकै लागि उनी काभ्रेबाट सिमरा महोत्सवमा आएका थिए । म तपाईको ठूलो फ्यान हो तपाईलाई भेट्न नै टाढाबाट आएको भनेर सुनाउँदै थिए ।

हरेक फोटोमा कमेन्ट गर्ने

मेरो एक जना फ्यान यस्तो पनि हुनुहुन्छ जो मेरो हरेक फोटोमा कमेन्ट गर्ने र मैले गाएका हरेक गीतहरु शेयर गर्ने गर्छन् । मेरो हरेक कुरामा पनि उनले सपोर्ट गर्छन् । मैले गाएको गीत होस् वा मैले शेयर गरेको फोटो सबैलाई शेयर र कमेन्ट गरेकै हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested