English

२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान



हङकङकी एदा साङले छोटो समयमा सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् । २५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर साङले महिलातर्फको कीर्तिमान बनाएकी हुन् ।

उनी आइतबार दिउँसो ३ बजेर १० मिनेट जाँदा सगरमाथको चुचुरो पुगेको सम्पर्क अधिकृत द्वय सोना शेर्पा र ज्ञानेन्द्र श्रेष्ठले बताए । यसअघि नेपालकी फुन्जो जाङ्मु लामाको ३९ घन्टा ६ मिनेटको रेकर्ड थियो ।

साङले शनिबार दिउँसो १ बजेर २० मिनेट जाँदा वेसक्याम्पबाट सगरमाथातर्फ यात्रा सुरु गरेकी थिइन् । उक्त आरोहणको नेतृत्व फूर्वा तेन्जिङ शेर्पाले गरेका थिए भने पेम्बा दोर्जे शेर्पा आरोहणका सरदार हुन् । यसैगरी, फूर्वा थिले शेर्पाले प्रमुख पथ पर्दशकको भूमिका निर्वाह गरेका थिए । टोलीमा मिङ्मा नुरु शेर्पा, पदम तामाङ, निमा ग्याल्जेन शेर्पा सहभागि थिए ।

साङको यो सगरमाथा तेस्रो आरोहण हो । यसअघि २०१७ उनले सगरमाथा चढ्दै हङकङबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेकी थिइन् । यसैगरी, सन् २०१९ मा उनले दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।
यो पनि पढ्नुहोस् ।
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक
के चाहिन्छ ! सगरमाथा चढ्न ?

यो पनि पढ्नुहोस् ।
लक्ष्य: सगरमाथामा कीर्तिमानी ह्याट्रिक
के चाहिन्छ ! सगरमाथा चढ्न ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested