संचारकर्मी तथा शिक्षिकाले जितिन् ‘मिसेस पूर्वेली आइकन’ तेश्रो संस्करणको ताज
इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी छन् । असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित भव्य ग्रान्ड फिनालेमा कोशी प्रदेशभरिका १९ जना प्रतिस्पर्धीलाई उछिन्दै राउतले उपाधि चुमेकी हुन् ।

पेशाले शिक्षिका तथा सञ्चारकर्मीसमेत रहेकी विजेता सृजनाले मुख्य उपाधिसँगै ‘मिसेस ट्यालेन्ट’को सब–टाइटल पनि हात पारिन् । बेलुका ६ बजेदेखि सुरु भई राति ११ बजेसम्म चलेको उक्त फिनाले कार्यक्रममा विजेताहरूको घोषणा गरिएको थियो । प्रतियोगितामा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप र सोनी थापा थर्ड रनरअप घोषित भए । त्यसैगरी, अर्गनाइजर च्वाइस मनिका चौधरी र पब्लिक च्वाइस धुर्व कुमारी गुरुङ बन्न सफल भइन् ।

उपाधि विजेता सृजना राउतले ताजसँगै १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेकी छन् । जसमा रमाडा बाइ विन्डहम इटहरीमा ब्रेकफास्टसहित १ रातको लक्जरी स्टे, फुडशाला रेस्टुरेन्टबाट १० हजार रुपैयाँ बराबरको फुड भाउचर, गोर्खाली फिटनेसमा १ वर्षको लागि निःशुल्क जिम सहित विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गरेकी छन् ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतिस्पर्धीहरूको प्रतिभा र क्षमताको मूल्याङ्कन गर्न प्रतिष्ठित व्यक्तित्वहरू निर्णायक मण्डलमा रहेका थिए । जसमा मिसेस नेपाल वर्ल्ड २०२३ की विजेता पृथ्वीया थापा, मिसेस पूर्वेली आइकन २०२४ कि अर्गनाइजर च्वाइस विजेता रुविना श्रेष्ठ, फेसन डिजाइनर विवेश राई र लायन्स क्लब ३२५ सी डिस्ट्रिक्ट सेक्रेटरी रेखा गुरुङ रहेका थिए ।

प्रतियोगितामा सहभागी अन्य महिलाहरूले पनि विभिन्न विधामा उत्कृष्टता हासिल गर्दै सब–टाइटल जितेका छन् । जसमा मिसेस फोटोजेनिक र मिसेस बेस्ट वाकको सब टाइटल जमुना दाहालले प्राप्त गरिन् भने मिसेस पर्सनालिटी र मिसेस भर्सटाइलको सब टाइटल डा. उरुषा शाहले हात पारिन् । त्यसैगरी मिसेस डिसिप्लिन संगीता शाह, मिसेस इन्टेलेक्चुअल सोनी थापा, मिसेस ब्युटी विथ पर्पोज लुइसा पुडासैनी, मिसेस फ्रेन्डशिप सीता बस्नेत श्रेष्ठ, मिसेस कन्फिडेन्ट अन्जिला चौधरी बन्न सफल भएकी छन् ।

त्यसैगरी, मिसेस इन्टरप्रेन्योर र मिसेस मल्टिमिडिया शोभा कुमारी थापा गुरुङ बन्न सफल हुँदा मिसेस ग्ल्यामर सुष्मा राई श्रेष्ठ, मिसेस एक्टिभ एलिशा धिमाल, मिसेस बेस्ट ट्रान्सफर्मेसन अनूपा पौडेल, मिसेस बेस्ट डान्स भावना घिमिरे, मिसेस फेस अफ लुक मी कस्मेटिक यमुना महत, मिसेस क्रिएटिभ मनिका चौधरी, मिसेस इन्फ्लुएन्सर वर्षा गजमेर, मिसेस राइजिङ स्टार स्वस्तिका चौधरी, मिसेस लिडरशिप आइकन धुर्व कुमारी गुरुङ र मिसेस ग्रेसफुल शोभा राउत बन्न सफल भएका छन् ।

यार्सागुम्बाको मुख्य प्रायोजन रहेको मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको लुक मी कस्मेटिक सह–प्रायोजन र १८+ इनर्जी ड्रिंक सहयोगिको रुपमा यस प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सिईओ सजिना श्रेष्ठ, इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ र भिडियो/फोटोग्राफर निश्चल श्रेष्ठको मुख्य भूमिका रहेको थियो । ग्रान्ड फिनाले कार्यक्रम सञ्चालनको जिम्मेवारी मेरिना तुम्सा लिम्बूले सम्हालेकी थिइन् ।










개인방송플랫폼
라이브커머스 입점을 통해 새로운 고객 접점을 만들어보시는 것은 어떠신가요?