चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन !
सिर्जनाका अमर शिल्पी आदरणीय चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन! वरिष्ठ कलाकार मिथिला शर्माज्यूको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको प्रमुख आतिथ्यतामा आज ललितपुरमा आदरणीय चेतन कार्कीको पाँचौ स्मृति दिवस भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको संचालन समाजका महासचिव कवि मुरारी सिग्देलले गर्नुभएको थियो । कार्यक्रममा संरक्षक गंगा कार्की, सर्जकहरु राधेश्याम लेकाली,सुवाशचन्द्र ढुङ्गेल,दिव्य गिरी,दिवाकर खड्का, डा. किरण प्रधान, खगराज बराल,पारश कार्की, पंकज कार्की, रामबहादुर कार्की, जितेन्द्र स्यङ्तन,भक्तबहादुर पण्डित लगायतले मन्तव्य राख्नु भयो।
चेतन कार्की स्मृति समाजद्वारा आयोजित उक्त आत्मीय कार्यक्रममा उपस्थित स्रष्टाहरूले उहाँका सुनामधन्य सिर्जना र यादहरूलाई ताजा गर्नुभयो। साथै, उहाँका अमर गीतहरूलाई गायिका गीता पाण्डे र रितु कडेलले आ-आफ्नो सुमधुर स्वर मार्फत प्रस्तुत गर्दा माहोल निकै भावुक र यादगार बनेको थियो। उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि आफ्ना कालजयी शब्दहरू मार्फत सदैव अमर रहनु हुनेछ।











window replacement cost
Yazdığınız yazıdaki bilgiler altın değerinde çok teşekkürler bi kenara not aldım.