English

विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु



काठमाडौँ : विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरु भएको घोषणा गरेको छ । अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइनेमध्ये एक हो । यस प्रि–अर्डर अवधिमा ग्राहकहरूले साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबी भेरियन्टका लागि उपलब्ध तीन विशेष अफरहरूमध्ये कुनै एक रोज्न सक्नेछन् ।
· रू.१०,००० तत्कालै क्यासब्याक वा
· साओमी वाच एस ४ (४१ एमएम) मात्र रु. २४,९९९ (वास्तविक मूल्य रु ३९९९९) वा
· साओमी बड्स ५ फ्रि (वास्तविक मूल्य १५,९९९)

साओमी १७ अल्ट्रा किन्ने ग्राहकहरूले बिक्री पछि विशेष सुविधाहरू प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत फोन खरिद गरेको पहिलो ६ महिनासम्म एक पटक निःशुल्क स्क्रिन फेर्न पाइने सुविधा प्राप्त गर्ने छन् भने नियमित १२ महिनाको वारेन्टीमा ६ महिना थप गरी कुल १८ महिनाको वारेन्टी सुविधा पनि पाउने छन् । यसका साथै वारेन्टी सकिएपछि गरिने मर्मतमा पनि २४ महिनासम्म कुनै सेवा शुल्क लाग्ने छैन । साओमी १७ अल्ट्रा कालो, सेतो र स्टारलाइट तीनवटा आकर्षक रङमा उपलब्ध छ । यो आफ्नो श्रेणाीमा सबैभन्दा पातलो र हल्का डिभाइसमध्ये एक हो, जसले लामो समयसम्म आरामदायी र उत्कृष्ट अनुभव प्रदान गर्छ । लाइका (Leica) सँगको सहकार्यमा विकसित यो डिभाइसले उत्कृष्ट फोटो र भिडियो खिच्ने क्षमता राख्छ ।

साओमी १७ अल्ट्रामा रहेका फ्ल्यागशिप लाइका–इन्च अल्ट्रा डाइनामिक क्यामेरामा नयाँ लाइट फ्युजन १०५०L इमेज सेन्सर र लोफिक एचडिआर टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा लाइका २०० एमपी टेलिफोटो क्यामेरा जडान गरिएको छ । जसमा अत्याधुनिक ७५–१०० एमएम मेकानिकल अप्टिकल जुम पनि सपोर्ट गर्दछ । डिभाइसमा ६००० एमएएच क्षमताको साओमी सर्ज ब्याट्री छ । जसले ९० वाट हाइपरचार्ज र ५० वाट वायरलेस हाइपरचार्ज सपोर्ट गर्नेछ । यसले लामो समयसम्म टिक्ने क्षमता राख्दछ । आइपी ६८ स्प्ल्यास तथा डस्ट रेसिस्टेन्स र साओमी शिल्ड ग्लास ३.० ले डिभाइसलाई सबै तिरबाट सुरक्षा प्रदान गर्नुका साथै बलियो रेसिस्टेन्स सुनिश्चित गर्ने काम गर्छ । यससँगै साओमी १७ अल्ट्राले धेरैजसो अवस्थामा ३५०० निट पीक ब्राइटनेस दिन्छ र डिसी डिमिङ फिचरले आँखालाई थाक्न दिँदैन । त्यस्तै साओमी प्याड ८ मा पनि क्यासब्याक र बन्डलिङ अफरहरू उपलब्ध गराइएको थियो । तर सोचेभन्दा अत्यधिक प्रि–बुकिङ भएपछि खुला गरिरएको केही घण्टामै प्रि–अर्डर अफर बन्द गरिएको हो । साओमी १७ अल्ट्रा १६ जिबी + ५१२ जिबीको मूल्य रु १,९९,९९९ तोकिएको छ भने यसको प्रि–अर्डर अफर २५ मार्चदेखि ३१ मार्चसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।



...
welding equipment for petrochemical tanks

Hydraulic jacks for storage tanks are very efficient tools.

...
Nhà Cái Bóng Đá Châu Á

Excellent post — very practical, detailed, and easy to understand.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested