English

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९ दशमलव ३३ प्रतिशत



काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात् १३ करोड ४४ लाख रुपैयााँ पुगेको कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिमा भने छ करोड ७४ लाख मात्र थियो । त्यस्तै कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ। वित्तीय विवरण अनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा शत प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात् २२० दशमलव ०७ प्रतिशतले बढेको हो। ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयााँ अर्थात् २२०.०७ प्रतिशिले बढेको हो। लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पुर्‍याएको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ।

नन–पर्फर्मिङ लोन(एनपीएल) अनुपात ४ दशमलव ६८ प्रतिशतबाट घटेर ३ दशमलव ०५ प्रतिशतमा झरेको छ। यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ। कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ।’ प्रतिशेयर आम्दानी (EPS) ३२.३९ रुपैयााँ, इक्विटी प्रतिफल (ROE) १६.५६ प्रतिशि र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयााँ पुगेको छ। बाह्य अवरोध र चुनौतीहरूका बाबजुद पोर्टफोलियोमा गुणस्तर सुधार, सञ्चालन दक्षता र दिगो वृद्धिमा केन्द्रित हुँदै सफलता प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ। सम्पत्तिको गुणस्तर थप बलियो, जिम्मेवार कर्जा विस्तार र सरोकारवालाको दीर्घकालीन हित संरक्षण गर्ने प्रतिबद्धतासमेत जनाएको छ।



...
KetoCare near me

ketocare This was beautiful Admin. Thank you for your reflections.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested