English

श्रमजीवी पत्रकारका माग बेवास्ता भएपछि नागरिक दैनिकमा तालाबन्दी, महासंघविरुद्ध मुद्दा दायर



सन्जिब दुलाल
काठमाडौँ । श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि नेपाल पत्रकार महासंघले आज बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ। महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ। महासंघका अनुसार लामो समयदेखि संवादको पहल हुँदाहुँदै पनि व्यवस्थापन पक्षले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दीको कदम चाल्नुपरेको हो।

उता, नागरिक दैनिकको व्यवस्थापन पक्षले भने उल्टै नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र नागरिक शाखाका अध्यक्षविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ। यसअघि पनि काम गरेबापतको पारिश्रमिक मागेपछि ३ जना कर्मचारीविरुद्ध मुद्दा लगाइसकेको छ। नागरिक दैनिक एसोसिएटका अध्यक्षले महासंघले शान्तिपूर्णरूपमा श्रमजीवी पत्रकारका हकहितका लागि आन्दोलन गरेको दाबी गर्दै व्यवस्थापन पक्षको कदमप्रति आपत्ति जनाउनुभएको छ। उहाँले पत्रकारका समस्या समाधानको सट्टा विभिन्न षडयन्त्रमार्फत पीडितहरूको आवाज दबाउन खोजिएको आरोप लगाउनुभयो। यस विषयमा दुवै पक्षबीच सहमति र संवादमार्फत समाधान खोजिनुपर्ने आवाज उठ्न थालेको छ। महासंघले श्रमजीवी पत्रकारको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएको छ।



सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested