English

इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?



काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ ।
अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरमा सामुहिक चलचित्र दृश्यावलोकनको अवशर जुराएको हो । गणितलाई पुस्तकका सूत्रहरूमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगहरूमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोगलाई झनै प्रस्ट पारेको छ ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ । फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए । चलचित्र ‘परान’ को कर्पोरेट शो अवलोकनपछि इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भनेः “गणितले नछुने कुनै ठाउँ हुँदैन ।

चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन् । परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ ।” उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर होइन, जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए । साथै परान हेरेपछि सहभागीहरूले फिल्मी कथावाचनमा गणितीय संरचना, छायांकनमा ज्यमितीय प्रयोग, फ्रेमिङमा अनुपात, सम्पादनमा समय–व्यवस्थापन र दर्शक विश्लेषणमा तथ्याङ्कको महत्वबारे बताएका थिए ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested